नेपाल पत्रकार महासंघको दक्षिण कोरिया शाखामा कुँवर निर्वाचित

news-details

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा रञ्जन राज कुँवर निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी सन्दिप पाण्डेलाई २ मतको झिनो अन्तरले पराजित गर्दै कुँवर विजयी भएका हुन । कुँवर यसअघि महासंघको कोरिया शाखाका बरिष्ठ उपाध्यक्ष थिए ।

यस्तै वरिष्ठ उपाध्यक्षमा किसन गौतम, उपाध्यक्षमा रेश्मा राई र दुर्लभ पोखरेल, कोषाध्यक्षमा बबिता ओली क्षेत्री, महासचिवमा मिन बिके, सचिवमा निकुञ्ज तिवारी र केशव पोखरेल एवं सदस्यहरुमा कृष्ण शर्मा, सविना कार्की, हरि अधिकारी, कृष्णप्रसाद न्यौपाने, गुरुदत्त न्यौपाने, बामदेव देवकोटा निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले केन्द्रिय पार्षदमा खेम कार्की, डम्बर सुब्बा, किशोर कोइराला र यस श्रीस मगरलाई चयन गरेको छ ।

निर्वाचित भएलगत्तै नवनिर्वाचित अध्यक्ष कुँवरले सबैलाई एक आपसमा मिलाएर महासंघको कोरिया शाखालाई थप मजबुद र उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *