तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया तामाङ

news-details

न्युयोर्क । तामाङ समाज अमेरिका अध्यक्षतामा सानुमाया तामाङ निर्वाचित भएकी छन् । प्रमुख निर्वाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्बाचित भएको छ ।

तामाङ समाज अमेरिकाको बिधान अनुशार कुल १९ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले ३ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष सुमित्रा योञ्जन, महासचिव बुद्दिमान तामाङ, सचिव विनिता तामाङ, कोषाध्यक्ष फुरु लामा तामाङ, सह–कोषाध्यक्ष साजोन थोकर तामाङ, बोर्ड अफ डिरेक्टर उनिशा थीङ (छोईसाङ) तामाङ, रिनु लामा तामाङ, विष्णुमाया मोक्तान तामाङ, रोजबहादुर घिसिङ तामाङ, अरुणा रुम्बा तामाङ, दिलमाया तामाङ, विष्णु तामाङ, दिपेन्शा लामा तामाङ र तुलबहादुर तामाङ रहेका छन् ।

तामाङ समाज अमेरिकाले तामाङ समुदायको मौलिक संस्कृतिलाई निरन्तरता दिदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले बताइन् । ‘रि–डीफाइनिङ कम्युनिटी एक्टिभिजम् इन् नेपाली डायस्पोरा’ भन्ने प्रमुख नारालाई तामाङ समाज अमेरिकाले आत्मासाथ गरेको र सोहि अनुसार आफु अगाडि बढ्ने विश्वास अध्यक्ष तामाङ व्यक्त गरेकी छिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *