घाइते यादबलाई बुद्धिजिबि तथा परोपकारी समाज मलेसियाले स्वदेश फर्काउदै

news-details

क्वालालम्पुर / मलेसियामा कार्यरत अवस्था मै घाइते हुन पुगेका सप्तरीका अशोक यादबलाई स्वदेश फर्कनका लागि बुद्धिजिबि तथा परोपकारी समाज मलेसियाले सहायता उपलब्ध गराएको छ ।

आर्थिक अभावका कारण स्वदेश फर्कन नसकेको भन्दै नेपाली दूतावास क्वालालाम्पुरमा सहयोगको अपिलसहित पुगेका यादबलाई समाजले स्वदेश फर्कन हवाई टिकट उपलब्ध गराएको समाजका अध्यक्ष शंकर प्रसाद आचार्यले बताए ।

मलेसियाको साआलमस्थित एक स्टिल कम्पनीमा विगत ५ महिनादेखि काम गर्दै आएका यादब काम गर्दागर्दै फलामले हात पोलेर घाइते भएका थिए । घाइते यादबले कम्पनीले पनि आफुलाई नहेरे पछि सहयोगको अपेक्षासहित दुतावास आएको बताएका छन् ।

यादबलाई मलेसियास्थित नेपाली दुतावासको रोहबरमा बुद्धिजिबि तथा परोपकारी समाज मलेसियाका उपाध्यक्ष श्याम कार्कीले घरफिर्तिका लागि हवाइ टिकट हस्तान्तरण गरेका थिए । ‘एउटा दुःखमा परेको नेपालीलाई सहयोग गर्न पाउँदा हामीलाई धेरै खुसी मिलेको छ, आगामी दिनमा समाजले मलेसियामा विभिन्न कारण समस्यामा परेका नेपालीलाई सहायता गर्ने क्रम अझ सशक्त ढंगमा अघि बढाउँनेछ’ उपाध्यक्ष कार्कीले भने ।

समाजका अध्यक्ष आचार्यका अनुसार घाइते यादब सेप्टेम्बर ३ तारिख अपहरान्ह ४ः४५ मा नेपाल एयरलाइन्सबाट स्वदेश फिर्ता हुँदैछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया