थाईल्याण्डमा नेपालीहरुको ऐतिहासिक रक्तदान, ५ सय बढीको सहभागिता

news-details

थाई महारानीको ८६ औं जन्मजयन्तीको अवसरमा थाई नेपाली संघमा आवद्ध नेपालीहरुले ऐतिहासिक रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । थाईल्याण्डमा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा रहेको संघको बैंकक शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा करिव ५ सय व्यक्तिहरुले सहभागीता जनाएका थिए ।

‘रक्तदान नै जीवनदान’ भन्ने मन्त्रलाई मनन गरेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा यसपटक सबैभन्दा धेरै सहभागिता भएको छ । यसअघि पनि यस्ता कार्यक्रम आयोजना गरिएपनि यसपटकको सहभागिताले नेपाली समुदायप्रति समाजसेवा र रक्तदानप्रति अझ बढी रुचि जाग्न थालेको महसुस गरेको संघका अध्यक्ष कुमार कार्कीले बताउनुभयो ।

थाई रेडक्रस सोसाईटी र थाई नेपाली संघको संयुक्त आयोजनामा भएको यो कार्यक्रमले मानवीय सेवामा दुई संस्थाको सहकार्य पनि अघि बढाएको छ । नेपाली मूलका मानिसहरुको रक्तदान प्रक्रियामा यो सहभागितालाई मानवीय सहयोगका कार्यमा उदाहरणीय कार्य मानिएको छ ।

रक्तदान कार्यक्रम बैंककको सुकुम्वीत रोडमा रहेको त्रिनाथ देवालय श्रीपोट मन्दिर परिसरमा भएको थियो । कार्यक्रमको आयोजना थाई नेपाली संघ , युवा विभाग र श्री त्रिनाथ देवालय संचालन समितिले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *