अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन

news-details

विजय थापा / अमेरिका । पत्रकार पेशामा लामो समयदेखि काम गरिरहेका र हालसम्म पनि पेशालाई निरन्तरता दिदै अमेरिकामा रहेका पत्रकारहरूले डिसी महानगर क्षेत्रवाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन गरेको घोषणा गरेका छन् ।

संघीय अवधारणाको मूल उद्देश्य लिएर उक्त संस्था जाने भएको जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रममार्फत पत्रकार गुणराज लुइँटेलको अध्यक्षतामा समिति गठन गरेको जनाउदै विदेशी पत्रकारहरुलाई समेत समेट्दै सल्लाहकारमा नियुक्ति गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ बिधिवत रुपमा दर्ता भएको छ भने गैर नाफामूलक यो सस्था अमेरिकाको सघिय तथा राज्य सरकारमा दर्ता भएको जनाईएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुणराज लुइँटेल सर्बसम्मतिबाट चयन भएका छन् । समितिमा सभापति गुणराज लुइँटेल लगायत अन्यहरु यस प्रकार रहेको छ । बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत रहेका छन् ।

उपसभापतिहरुमा सुनिलमणि दाहाल, अमेरिका, बिष्णु शीतल अमेरिका, टंक पन्त, एसिया, मन ऋषि धिताल, अस्ट्रेलिया, अनुराधा पौडेल युरोप तथा डा.किस्मत भण्डारी क्यानडा रहेका छन् ।

महासचिवमा अमेरिकाका शिव बिष्ट, सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार चयन भएका छन् ।

संचार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनीत भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *