अमेरिकामा नेपाली महिला सम्मानित

news-details

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवरत्न पुरस्कारबाट बिभिन्न ब्यक्तित्वलाइ सम्मान गरिएको छ । न्यूयोर्कमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु सम्ममानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि कला खरेललाइ अमेरिकामा बसेर ब्यवसायका माध्यमबाट रोजगारीको अवसर प्रदान गरेको, समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहेकाले अनेसास नवरत्न बिमला चाम्लिग राई पुरस्कारबाट सम्मान गरिएको छ ।

त्यसैगरि कार्यक्रममा पूनम काफ्ले, बिमला निरौलालार्इ अनेसास नवरत्न महिला पुरस्कार २०१८बाट सम्मानित गरिएकोछ । अनेसास नवरत्न बाल प्रतिभा पुरस्कार २०१८ बाट अरमानी महर्जन (नृत्य, समाजसेवा), सिम्रन अघिकारी (नृत्यकला), श्रीनीति रिजाल (चित्रकला तथा अभिनय) मा पुरस्कृत गरिएको थियो ।

नवरत्न पुरस्कार नेपाली भाषा, साहित्य, संगीत, समाजसेवा, कला र व्यवसायमा संलग्न नौ महिला प्रतिभालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएकोछ । पुरस्कारमा २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।

सम्मान कार्यक्रममा उपस्थिति हुन नसकेका अभिनेत्री मनीषा कोइराला, गायिका हरिदेवी कोइराला, स्रष्टाहरू उन्नति बोहोरा शिला, लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षत्री तथा रंगकर्मी सम्पदा मल्ल, जापान बसेर लामो समयदेखि सितार वादनमा क्रियाशील सुषमा ओमातालाई अनेसास नवरत्न विशिष्ट साधक सम्मान गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *