दिल्लीको पहाडगञ्जबाट ३९ नेपाली युवतीको उद्धार

news-details

दिल्ली महिला आयोगले पहाडगञ्जबाट राति एक बजे एक होटलबाट ३९ नेपाली युवतीको उद्धार गरेको छ । यी सबै नेपाली युवतीलाई तेस्रो मुलुक पठाउने तयारी भइरहेको थियो ।

दिल्ली महिला अयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा होटलमा राखिएका सबै ३९ नेपाली युवतीलाई सुरक्षित रुपमा बाहिर निकाल्न सफल भएको भारतीय संचारमाध्यमले जनाएको छन् । विगत केही दिनदेखि दिल्लीका विभिन्न स्थानबाट नेपाली युवतीलाई उद्धार गरिँदै आइएको छ ।

दिल्लीको पहाडगञ्जको एक होटलमा नेपाली युवती राखिएको सूचनाका आधारमा महिला आयोगकी अध्यक्ष स्वाति मालीवाल स्वयं राति एक बजे प्रहरी टोलीसहित होटलमा छापा मार्न पुगेकी थिइन् । र, प्रहरीको सहयोगमा सबै नेपाली युवतीलाई सुरक्षित रुपमा होटलबाट बाहिर निकालिएको छ ।

यी सबै युवती केही दिन अगाडि नेपालबाट भारत हुँदै तेस्रो मुलुक लैजाने तयारी भएको थियो । ती सबै युवतीको पासपोर्ट दलाले आफूसँग राखेर उनीहरुलाई होटलमा राखेको थियो ।

केही दिन पहिला दिल्ली महिला आयोगले दिल्लीको मुनिरका इलाकाबाट राति करिव साँढे एक बजे १६ नेपाली युवतीको उद्धार गरेको थियो ।

दिल्लीबाट उद्धार गरिएका युवतीलाई कुवेत र इराक पठाउने तयारी भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *