काभ्रेपलान्चोक सेवा समाज कतारद्धारा ब्लड क्यान्सर पीडित तिवारीलाई सहयोग

news-details

काभ्रे जिल्ला मन्डनदेउपुर नगरपालिका–८ निवासी ब्लड क्यान्सर पीडित २० बर्षिया रुपा तिवारीको उपचार सहयोगार्थ काभ्रेपलाञ्चोक सेवा समाज कतारले आर्थिक सहायता उपलब्ध गराएको छ ।

ब्लड क्यान्सर पीडित तिवारीको उपचारका लागी धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा काभ्रेपलान्चोक सेवा समाज कतारले एक अभियान नै संचालन गरी संकलन भएको रु. ३६ हजार ७ सय ८० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएको छ ।

उक्त रकम रानिटार युबा क्लबको रुपा तिवारी बचाउ अभियानमा कतारबाट रेमिट्यान्स गरी पठाइएको समाजका अध्यक्ष नन्द ढुंगानाले जानकारी दिएका छन् । उक्त अभियानमा संलग्न सहयोगी हातहरुप्रति कृतज्ञता प्रकट गर्दै अध्यक्ष ढुंगानाले तिवारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि समाजले यस्ता अभियान जारी राख्ने बताए ।

बिगत दुई बर्ष अगाडी स्थापित काभ्रेपलान्चोक सेवा समाज कतारले सामाजिक कार्यका अलवा आर्थिक सहयोग पनि गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *