काभ्रेपलान्चोक सेवा समाज कतारद्धारा ब्लड क्यान्सर पीडित तिवारीलाई सहयोग
- साउन १५, २०७५
- 0
काभ्रे जिल्ला मन्डनदेउपुर नगरपालिका–८ निवासी ब्लड क्यान्सर पीडित २० बर्षिया रुपा तिवारीको उपचार सहयोगार्थ काभ्रेपलाञ्चोक सेवा समाज कतारले आर्थिक सहायता उपलब्ध गराएको छ ।
ब्लड क्यान्सर पीडित तिवारीको उपचारका लागी धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेको हुदा काभ्रेपलान्चोक सेवा समाज कतारले एक अभियान नै संचालन गरी संकलन भएको रु. ३६ हजार ७ सय ८० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएको छ ।
उक्त रकम रानिटार युबा क्लबको रुपा तिवारी बचाउ अभियानमा कतारबाट रेमिट्यान्स गरी पठाइएको समाजका अध्यक्ष नन्द ढुंगानाले जानकारी दिएका छन् । उक्त अभियानमा संलग्न सहयोगी हातहरुप्रति कृतज्ञता प्रकट गर्दै अध्यक्ष ढुंगानाले तिवारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि समाजले यस्ता अभियान जारी राख्ने बताए ।
बिगत दुई बर्ष अगाडी स्थापित काभ्रेपलान्चोक सेवा समाज कतारले सामाजिक कार्यका अलवा आर्थिक सहयोग पनि गर्दै आएको छ ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










