बुद्धिजिवी तथा परोपकारी समाज मलेसियाको कार्यसमितिले पायो पूर्णता

news-details

मलेसियामा समाजसेवा गर्ने उद्देश्यले गठन भएको बुद्धिजिवी तथा परोपकारी समाजले पूर्णता पाएको छ । केही समय अध्यक्ष र उपाध्यक्ष मात्र छनौट गरी गठन भएको समाजमा आइतबार थप पदाधिकारी चयन भएसँगै कार्यसमितिले पुर्णता पाएको हो ।
यसअघि समाजको अध्यक्षमा शंकर प्रसाद आचार्य र उपाध्यक्षमा श्याम कार्की निर्विरोध चयन भएका थिए । त्यस्तै, आइतबार महासचिवमा अरुण गिरी, कोषाध्यक्षमा रोशनी न्यौपाने, सदस्यमा हरि प्रसाद न्यौपाने, महिला सदस्यमा शुष्मा डंगोल चयन भएका छन् ।

यसैगरी सल्लाहकारमा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, जनप्रगतिशील मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीलाई चयन गरिएको छ ।
समाजमा मलेसियामा रहेका विभिन्न क्षेत्रका बौद्धिक नेपालीहरुलाई आबद्ध गरिने समाजका अध्यक्ष आचार्यले बताए । उनका अनुसार समाजले अन्य सदस्यहरु पनि चयन गर्दै जाने र समाजलाई थप प्रभावकारी बनाउने बताए । समाजको उद्देश्यबारे बताउँदै उपाध्यक्ष कार्कीले समाजले मलेसियाका जेलमा रहेका तथा विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग र उद्धार गर्ने जनाए । ‘यो विशुद्ध सामाजिक संस्था हो । हाम्रो समाज समग्रमा नेपालीकै हित र अधिकार तथा सहयोगका लागि स्थापना भएको हो । समाजलाई यसको उद्देश्यमा सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेको कार्कीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *