मलेसियाबाट क्षयरोग रोगी शिवाकोटीलाई जनउद्धार केन्द्र पेनाङले स्वदेश पठायो

news-details

क्वालालम्पुर मलेसिया / मलेसियामा कार्यरत क्षयरोग रोगी दोलखाका उद्वबप्रसाद शिवाकोटीलाई जनउद्धार केन्द्र पेनाङले उद्धार गरी स्वदेश फर्काएको छ । काम कै सिलसिलामा अचानक विरामी भएर थला परेपछि शिवाकोटीले उद्धार गरी स्वदेश फर्काउन आग्रह गरेपछि केन्द्रले उनलाई सहायता गरेको थियो ।

मलेसियाको पेनाङ्गमा सुपरमार्केटको काम भनेर ह्युमर म्यानपावरबाट १ लाख ५० हजार तिरेर मलेसिया आएका शिवाकोटी म्यानपावरले भनेको काम र पारिश्रामिक नपाएपछि अबैधानिक रूपमा बसेर सेक्युरिटी गार्डको काम गर्दै आएका थिए ।

आफु आउला लागेको रिन तिरेर स्वदेश फर्कने तयारी गर्दागर्दै अचानक विरामी परेपछि आफुलाई सहयोग गरी स्वदेश फर्काइदिन शिवाकोटीले सामाजिक संजालबाट अनुरोध गरेका थिए ।

‘शिवाकोटीको अपिल देखेपछि एउटा नेपाली बेडमा छटपटिरहदा हामी मुकदर्शक बन्न सकेनौ’ जनउद्धार केन्द्र पेनाङ्गका अध्यक्ष केसु थापाले भने–‘हामीले तत्काल उहाँलाई भेटेर स्वदेश फर्काउने पहल थाल्यौ र अहिले उहाँलाई स्वदेश पठाउन सकिएकोमा खुसी पनि लागेको छ ।’

पारिवारिक आर्थिक स्थिती पनि निक्कै कमजोर रहेको बताउदै दोलखा सेवा समाज क्वालालम्पुरले समेत शिवाकोटीको उद्वारका लागि पहल गरेको थियो ।

स्थानीय समय अनुसार बिहिबार ११ः३० बजे एयर एसियाको फ्लाइटबाट शिवाकोटी स्वदेश फर्किसकेका छन । बिरामी मान्छेलाई स्वदेश फिर्ता गराउनु मात्रै समाधान नभएको भन्दै फिर्ता भएका शिवाकोटीको लागि प्राथमिक चरणको उपचारका लागि पनि पहल गरिने अध्यक्ष केसु थापाले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *