यूएईमा तनहुँ सेवा समाज गठन, संयोजकमा खडका

news-details

वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँका नेपालीहरु संगठित हुन थालेका छन् ।

तनहुँ सेवा समाज यूएईको नाममा यूएईमा रहेका नेपालीहरुलाई एकताबद्ध गराएर विपत्तिमा सहयोग आदानप्रदान गर्ने लक्ष्यका साथ तनहुँवासीहरु एकजुट हुन लागेको यूएईका सामाजिक जीवनका चिरपरिचित व्यक्तित्व भेषराज ढकालले बताए ।

ढकालका अनुसार १३ जुलाई २०१८ का दिन दुबईमा भएको तनहुँवासीको एक भेलाले दिपक खड्काको संयोजकत्वमा १९ सदस्यीय एक तदर्थ समिति समेत गठन गरेको छ ।

समितिमा अबुधाबीबाट भिम श्रेष्ठ, कृष्ण पन्त, भेषराज ढकाल, कृष्ण आचार्य र महेस श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सारजहाबाट टकबहादुर गुरुङ,अमर रानाभाट, कृस सुनार र भरत दुलाल तदर्थ समितिमा सदस्य रहेका छन् । अत्यधिक तनहुँवासी रहेको दुबई क्षेत्रमा प्रस्तावित तनहुँ सेवा समाजको तदर्थ समितिमा हिरालाल श्रेष्ठ, कृष्ण पौडेल, सुरिन भुजेल, बाबुराम भट्टराई, नेत्र लामिछाने, बिष्णु थापा, अपिल भट्टराई, कृष्ण लामिछाने र लिलाप्रसाद भट्टराई रहेका छन् ।

बैठकले तनहुँ सेवा समाजको परिकल्पना सहित गठन गरिएको भेला आयोजक समितिलाई समाज स्थापना सार्थक बनाउनको लागि पूनर्गठन समेत गरिएको छ ।

भेला आयोजक मुल समितिले एक दुई हप्ताभित्र युएईमा रहेका तमाम तनहुँबासीहरुको बृहत भेला बोलाएर नयाँ कार्य समिति चयन गर्ने र तनहुँ सेवा समाज स्थापना गर्ने निर्णय समेत गरेको छ । मुल समितिले युएईमा रहेका सम्पूर्ण तनहुँबासी, अग्रज तथा बुध्दिजिबीहरुलाई विशेष हातेमालो गरिदिनको लागि अपीलसमेत गरेको छ ।

भेला आयोजक समितिले पुर्ण सहकार्यको साथ तनहुँवासीको पहिलो औपचारिक समिति स्थापना गरी तनहुँवासीको पनि युएईमा दर्विलो उपस्थिति जनाएर सामाजिक सेवासँगै जिल्लाको सामाजिक, शैक्षिक तथा चौतर्फी विकासमा योगदान गर्ने लक्ष्य लिइएको संयोजक खडकाले बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *