राजदूतावास क्वालालम्पुरको कन्सुलर सेवा, ३ सय नेपाली कामदार लाभान्वित

news-details

तिलोचन गौतम र मलेसियास्थित नेपाली राजदूताबास क्वालालम्पुरले अबैधानीक नेपाली कामदारहरु सहज रुपमा स्वदेश फीर्ता हुन सकनुन भन्ने उदेश्यले नेपाली कामदारको बाक्लो चाप भएको क्षेत्र जोहोरबारु र पेनानङमा कन्सुलर सेवा उपलब्ध गराएको छ ।

दुबै क्षेत्रमा धरैे नेपाली कामदार अबैधानीक हैसियतमा काम गर्दै रहेको हूनसक्ने भन्दै नेपाली राजदूताबास क्वालालम्पूरबाट धेरै टाढा रहेका ती दूबै क्षेत्रमा एकैसाथ सिबिर संचालन गरि अबैधानीक कामदारलाई घर फिर्ता हुनका लागि एकतर्फि यात्रा अनुमतीपत्र बितरण गएिको हो ।

स्थानीय नेपाली सघंसस्थाको सहयोग र राजदूताबासको आयोजनामा उक्त एक दिने घूम्ती शिविर सम्पनं भएको हो । राजदूताबास क्वालालम्पूर मलेसीयाले राजधानीबाट धेरै टाढा रहेका र राजदूताबाससंम्म आउन समस्या भएको भन्दै नेपाली सघंसस्थाका पदाधिकारी र अबैधानीक नेपाली कामदारबाटै गूनासो आएपछी नेपाली राजदूताबासले अबैधानीक हैसियदमा काम गर्दै आएका घरफीर्ता हून चाहने कामदारहरुलाइ सोही स्थानबाट यात्रा अनूमतीपत्र वितरण गर्ने भनी सूचना जारि गरेको थियो ।


पेनाङ र जोहोरबारु दूबै स्थानमा यात्रा अनुमतीपत्र लिने तथा कानुनी परामर्श लिन निकै बाक्लो संख्यामा नेपालीहरु उपस्थिति रहेको दूतावासका दितिय सचीव प्रेमराज गौतम ले जानकारी दिए ।

बिहान ९ बजे बाट सुरु भएको उक्त सेवा सिबिरमा ५ जना दूतावासका कर्मचारी सहभागी थिए । पेनाङबाट १०० जना कामदार र जोहोरबारु बाट २०० जना कामदारले यात्रा अनुमतीपत्र अहिलेसम्म लिइसकेको उनले बताए ।

दूतावासले अबैधानिक कामदारलाई सहज तरिकाले स्वदेश फिर्ता गराउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउदै पेनाङमा जनउद्धार केन्द्र पेनाङ मलेसिया र जोहोरबारुमा पनि विभिन्न संघसस्थाहरुको उल्लेखनीय सहयोग पाएको र आगागी दिनमा पनि सहयोगको अपेक्षा लिएको दूतावास स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया