काभ्रे सेवा समाजद्वारा जेलमा रहेका नेपालीको उद्धार

news-details

मलेसिया । अवैध रुपमा काम गरिरहेको अवस्थामा पक्राउ परेर मलेसियाको जेलमा रहेका एक नेपालीलाई काभ्रे सेवा समाज, मलेसियाले उद्धार गरेको छ ।

नमोवुद्ध नगरपालिका–५, कानपुरका बुद्धबहादुर तामाङलाई उद्धार गरेर समाजले स्वदेश फर्काएको हो ।

अवैधानिक रुपमा रहेका उनलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेर केएलआईए डिपोमा राखेको थियो । आफन्तहरु कोही पनि सम्पर्कमा नआएका कारण उनी लामो समयदेखि जेलमा थिए । समाजले उनको उद्धार गरेर घर फर्काइदिएको हो ।

समाजले विभिन्न कारणले मलेसियामा अलपत्र नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *