कतारमा हुन गैरहेको ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा

news-details

कतारमा आयोजित ‘नेपाली इद धमाका–२०२५’को तयारी अन्तिम चरणमा पुगेको छ ।

दि गोर्खाज इन्टरटेन्मेन्ट हाउसको आयोजना र नेपाली फिट्नेश टिम कतारको सह–आयोजनामा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसर पारेर अल लुक्ता स्थित ट्युनिसियन स्कुलको हलमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

“मानव सेवा आश्रम नेपालको सहयोगार्थ” आयोजित नेपाली इद धमाका २०२५मा सहभागी हुन तथा आफ्नो प्रस्तुती दिन नायक पल शाह, गायक टंक तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकाल कतार आउन लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

कार्यक्रमका म्यानेजर राकेश श्रेष्ठको सभाध्यक्षता र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले कार्यक्रमको उद्देश्य र अनुमानित लागत प्रस्तुत गरेका थिए । उनले कार्यक्रम नितान्त व्यवसायिक भएकोले भाषण र आशन ग्रहणरहित हुने प्रष्ट पार्दै टिकट विक्रीको आधारमा संघ–संस्था तथा व्यक्तिलाई स्पोन्सरकै रुपमा मान्यता दिने बताए ।

शर्माले कार्यक्रमको विषयमा थप प्रस्ट्याउदै कम्तिमा २५ वटा टिकट विक्री गर्ने संस्था वा व्यक्तिलाई एउटा विषेश पास उपलब्ध गराउने, ५० भन्दा बढी विक्री गर्नेेलाई सिल्भर स्पोन्सर, १ सयभन्दा विक्री गर्नेलाई गोल्डेन, १ सय ५० टिकट बेच्नेलाई प्लाटिनम र २ सय भन्दा बढी टिकट बेच्नेलाई डाइमण्ड स्पोन्सरको रुपमा वर्गीकरण गरि राखिने बताए ।

एनआरएनए कतारका अध्यक्ष भट्टले कतारमा नेपालीहरुले आयोजना गर्ने ठुला कार्यक्रमहरु मोफाबाट अनुमति लिएर मात्र गर्न मिल्ने भएकोले अनुमतिको लागि हरेक पटक धाउनु पर्ने बताए । उनले कतार सरकारले अन्य देशका लागि सम्बन्धित देशको दूतावास मार्फत कम्युनिटी दर्ता गरि सहजरूपमा कार्यक्रम गर्न सक्ने सुबिधा दिएको भए पनि नेपाली कम्युनिटी भने अझै त्यो प्रक्रियामा जान नसकेको बताए । भट्टले यत्तिका चुनौतीको बाबजुद पनि मानव सेवा आश्रमको सहयोगार्थ हुन लागेको कार्यक्रम सफल पार्न सबैलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन ।

कार्यक्रमका सभाध्यक्ष श्रेष्ठले ईद धमाका साङ्गीतिक कार्यक्रमको मुनाफाबाट कम्तीमा १ लाख नेपाली रुपैयाँ मानवसेवा आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

मार्च ३१ तारिख दिउँसो १२ः३० बाट हुने उक्त कार्यक्रममा आउन जानको लागि विभिन्न ठाउँबाट यातायातको सुबिधा पनि रहने आयोजक संस्थाले जानकारी गराएका छन भने विस्तृत जानकारीको लागि कार्यक्रम म्यानेजर राकेश श्रेष्ठ – 5599 7539, कार्यक्रम संयोजक तिलु शर्मा पौडेल- 55347957, कृष्ण ढकाल- 3164 6365, कृष्ण सुनार- 6618 5582 सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *