अस्ट्रेलियाको ग्रानभिल पार्कमा ‘होली हंगामा’ हुँने

news-details

अस्ट्रेलियाको ग्रानभिल पार्कमा रङहरुको पर्व होलीको अवसरमा ‘होली हंगामा’ हुने भएको छ ।

एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलिया (एन्टा)को एन्टाको आयोजनामा यही आउदो मार्च पन्ध्र तारिख अर्थात शनिबार ग्रानभिल पार्कमा होली हंगामा हुन लागेको हो ।

ह्वाइट स्पट गुप्रको प्रस्तुती रहेको होली हंगामा मेलामा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारहरुको प्रस्तुती रहने एन्टाका अध्यक्ष रन्जित शाहले बताए ।

अन्य समयमा कामको ब्यस्तताले भेटघाट गर्न गाह्रो हुने भएकाले यस्ता चाडपर्व तथा मेलामा अष्टेलियामा रहेका नेपालीहरुबीच भेटघाट हुने वातावरण बनाउन तथा विदेशमा रहेर पनि नेपाली पन अनुभव होस भनेर नेपाली खाना, गित संगित र नाचगानसहित कार्यक्रम आयोजना गरिएको अध्यक्ष शाहले बताए । उनले मेलामा प्रवेश निशुल्क रहको समेत जानकारी दिए ।

कार्यक्रममा गायक सुदीन पोखरेल, सोभित बस्नेत, आरीफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी , उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतम लगायतको बिशेष प्रस्तुती रहने एन्टाका महासचिव विकास झाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया