राष्ट्रिय फुटबल खेलाडी प्रिती राई सम्मानित

news-details

युवा स्टार फाउन्डेशनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गरेको छ । शनिबार एक विशेष समारोहकाबीच महिला फुटबल खेलाडी प्रिती राईलाई सम्मान गरेको हो ।

सम्मान गर्दै फाउन्डेशनका अध्यक्ष मोहन चन्द्र सिंहले खेलकुदमा महिला टोलीले जुन किसिमको प्रदर्शन गरिरहनु भएको छ त्यो एकदमै उत्कृष्ट रहेको बताए । उनले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन नेपाली महिला टिमले गरेको छ त्यसले नेपाललाई विश्वसामू चिनाउन मद्दत पुर्याएको बताए ।

उनले भने, ‘खेलकुदमा महिला टोलीले जुन किसिमको प्रर्दशन गरिरहनु भएको छ यो एकदमै उत्कृष्ट छ । फुटबलमा प्रिती राईको भूमिका धेरै नै छ । खेलकुदको कुराहरुले गर्दा नेपाललाई विश्वले चिनिरहेको छ । उहाँले राष्ट्रका लागि जुन किसिमको प्रदर्शन गर्नु भएको छ त्यो सम्झन लायक छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *