आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हराएको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले एक गोल गरेको हो । नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गोल गरेकी थिइन ।
त्यसपछि नेपालले गोल गर्ने अवसर धेरै पाएपनि गोल गर्न सकेन ।








