अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित हुदा भएको छ ।
बुधबार दशरथ रंगशाला भएको उपाधि भिडन्तमा घरेलु टोली नेपालले म्यानमारसँग २-० गोलको हार बेहोर्दा उपविजेतामा चित्त बुझाउनु परेको हो।
१३औं पटक उपाधि भिडन्तका लागि फाइनल खेलेको नेपाल यसपटक पनि अभागी सावित भएको हो ।
खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।
म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा चुक्दा नेपाल निराश बन्न पुग्यो ।








