जनसम्पर्क बिभाग सदस्य कृष्ण गिरीलाई सिडनीमा बधाई ज्ञापन

news-details

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सिडनीमा बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसले भर्खरै गठन गरेको नेपाली जनसम्पर्क समिति समन्वय बिभागमाको केन्द्रिय सदस्यमा ओशियाना एवं अष्ट्रेलियालाई प्रतिनिधित्व गर्दै मनोनित भएकोमा निवर्तमान सभापति तथा महासमिति सदस्य कृष्ण गिरीलाई सो कार्यक्रमको आयोजना गरी बधाई एवं शुभकामना व्यक्त गरीएको हो ।

सिडनीको टाउनहलमा आयोजना गरीएको सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य मञ्जु खाँडले बधाई ज्ञापन गर्दै जनसम्पर्कलाई संगठित गर्दै पार्टिले दिएको जिम्मेवारी निभाउन शुभकामना दिइन ।

गिरीले पार्टी, जनसम्पर्क र संगठनप्रति गरेको कार्य अत्यन्तै प्रशंसनिय रहेको भन्दै बिशिष्ट अतिथि नेपाली कांग्रेसका नेता नवराज गुरुङले पार्टीले उनलाई बिभागमा राखेर थप जिम्मेवारी दिएको र उनले यो जिम्मेवारी सहजरुपमा निभाउदै प्रवासमा बसेर नेपाली समुदायमा, नेपाल र नेपालीका लागि उल्लेखनिय कार्य गर्नेमा बिश्वस्त रहेको बताए ।

कार्यक्रममा एनएसडब्लु अष्ट्रेलियाका लागि बाणिज्यदूत संजिब शर्मा, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष गणेश केसी, क्षेत्रिय संयोजक दिनेश पोखरेल लगायतले गिरीले बिगत १५ बर्षदेखि अष्ट्रेलियाको बहु साँस्कृतिक समाज र नेपाली समुदायको लागि गरेको कार्यको चर्चा र प्रशंसा गर्दै बधाई ज्ञापन गरेका थिए ।

शुभकामना दिने क्रममा ओएनएफका पूर्व अध्यक्ष बिनोद श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्कका सल्लाहकार राजकुमार अधिकारी, पूर्व आईसीसी सदस्य पिआर अधिकारी, नेपाली समाजका अगुवा राजु मानन्धर, एनआरएन एनएसडब्लु महिला संयोजक सबला बस्नेत, एनएडिएफ कोशाध्यक्ष बिकास झाँ, जनसम्पर्क समिति पूर्व कोशाध्यक्ष उद्धव भट्ट, नेबिसंघ पूर्व केन्द्रिय सदस्य अभिशेक हमाल, तराई एशोशिएशनका पूर्व अध्यक्ष शुभांसु शाह, सरोज थापा लगायतले बधाई ज्ञापन गर्दै गिरीलाई कार्यकालको सफलताको लागि शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम संचालन गरेका नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्रि रोहित खडकाले गिरी संगै कार्य गर्दाको अनुभबको बारेमा बताउदै बधाई दिएका थिए । उनको मनोनयनले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा थप सम्मान र साथीहरुमा उर्जा मिलेको बताउदै उनले पार्टी र बिभागलाई धन्यबाद दिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै कृष्ण गिरीले कार्यक्रम आयोजना गरी सम्मान गरेकोमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र कार्यसमितिलाई धन्यबाद ब्यक्त गरे । बिभागमा जिम्मेवारी दिएकोमा पाटी सभापति शेरबहादुर देउवा र बिभाग प्रमुख किरण पौडेललाई धन्यबाद दिदै उनले बिभागको कार्य क्षेत्रमा रहेर पूर्णरुपले जिम्मेवारी निभाउने र पार्टी र जनसम्पर्क समितिहरुलाई जोडने कार्यमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *