युएईमा अलपत्र ७ नेपाली दूतावासको सहयोगमा स्वदेश फर्काइयो
- जेष्ठ ३०, २०७६
- 0

विगत ३ महिनादेखि अलपत्र परेका ७ नेपालीलाई युएईमा रहेको नेपाली दुतावासको पहलमा स्वदेश फर्काइएको छ । कम्पनीले तलब नदिएपछि अलपत्र परेका १२ नेपालीमध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्याएर घर फर्काएको हो । अन्य ५ जनाको पनि स्वदेश फिर्तिका लागि आवश्यक प्रक्रिया भैरहेको दुतावासले जनाएको छ ।
यसरी फर्किनेहरुमा मोरङका सन्तोष गुरुङ, सानु राई, लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् ।
काठमाडौंको महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत यूएईको एक कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा गएका उनीहरुलाई कम्पनीले तलब नदिएर अलपत्र बनाएको थियो । यसबारे पीडित कामदारले एक महिनाअघि दूतावासलाई अवगत गराएपछि दूतावासले उनीहरुलाई स्वदेश फर्काउन सहयोग गरेको हो ।
0 प्रतिक्रिया
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् […]
कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क […]
शेखर समूहको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड

नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ […]