युएईमा अलपत्र ७ नेपाली दूतावासको सहयोगमा स्वदेश फर्काइयो

news-details

विगत ३ महिनादेखि अलपत्र परेका ७ नेपालीलाई युएईमा रहेको नेपाली दुतावासको पहलमा स्वदेश फर्काइएको छ । कम्पनीले तलब नदिएपछि अलपत्र परेका १२ नेपालीमध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो । अन्य ५ जनाको पनि स्वदेश फिर्तिका लागि आवश्यक प्रक्रिया भैरहेको दुतावासले जनाएको छ ।

यसरी फर्किनेहरुमा मोरङका सन्तोष गुरुङ, सानु राई, लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् ।

काठमाडौंको महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत यूएईको एक कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा गएका उनीहरुलाई कम्पनीले तलब नदिएर अलपत्र बनाएको थियो । यसबारे पीडित कामदारले एक महिनाअघि दूतावासलाई अवगत गराएपछि दूतावासले उनीहरुलाई स्वदेश फर्काउन सहयोग गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *