बाढी-पहिरो प्रभावितलाई जनप्रगतिशील मञ्च माल्टाको १ लाख सहयोग

news-details

हालैको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ नेपाली जनप्रगतिशील मञ्च माल्टाले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम नेकपा माओवादी केन्द्र निकट प्रवास कमिटी जनप्रगतिशिल मञ्च नेपाललाई प्रदान गरिएको जनप्रगतिशील मञ्च माल्टाका अध्यक्ष कान्छाराम बुढाथोकी (विनय)ले जानकारी दिएका छन ।

बाढी-पहिरो प्रभावितलाई सहयोगका लागि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा साथ दिने सबैलाई धन्यवाद दिदै अध्यक्ष बुढाथोकीले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, सरकारसँग राहत, पुनर्स्थापना र उपचारको उचित व्यवस्थाको मागसमेत गरेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *