एनआरएनए कतारले थाल्यो बाढिपीडितका लागि आर्थिक संकलन

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले विभिन्न नेपाली संघसंस्थाको समन्वयमा भर्खरै आएको बाढि पीडितहरुका लागि सहयोगार्थ आर्थिक संकलन गर्ने भएको छ ।

एनआरएनए कतारले एक विज्ञप्ती निकाल्दैै बाढिपहिरो प्रभावित परिवारमा तत्कालको लागि राहत पुगोस भनी एनआरएनए कतारको नेतृत्वमा कतारमा स्थापित संघ–सस्थाको सहकार्यमा आर्थिक संकलन गर्ने निर्णय गरेको जनाएको छ ।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । अध्यक्ष भट्ट भन्छन्– ‘पीडितहरुका लागि तत्काल राहत दिनका लागि आर्थिक संकलनमा सबै जनाले हातेमालो गरिदिनु हुन अनुरोध गर्दछौं ।’

एनआरएनए कतारले सातै प्रदेशका संघसंस्थाका अध्यक्षहरुको छलफलले आर्थिक रकम कसरी हस्तान्तरण गर्ने भन्ने विषयमा छिट्टै निर्णय गरिने अध्यक्ष भट्टले जानकारी दिए ।

गत शुक्रवार र शनिवार आएको अविरल वर्षाको कारण बाढी र पहिरोमा झण्डै दुई सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । लाखौ प्रभावित बनेका छन भने हजारौं नागरिक घरवारविहीन भएका छन् । व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

एनआरएनए कतारले अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम यथासक्य छिटो गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *