पर्थमा नेपाली स्वादको मासु खुवाउन खुल्यो ‘मुस्ताङ ग्रोसरी एण्ड बुचर्स’

news-details

नेपालीहरु जहाँ पुगे पनि नेपाली पनलाई बिर्सन सक्दैनन् । उनीहरुले आफ्नो देशलाई त मिस गर्छन् नै नेपाली स्वादलाई पनि बिर्सिएका हुँदैनन् । त्यही भएर नेपाली स्टाइल र स्वादको मासु खुवाउनका लागि वेष्टर्न अष्ट्रेलियाको पर्थमा खुलेको छ मुस्ताङ ग्रोसरी एण्ड बुचर्स शप ।

लामो समयदेखि अष्ट्रेलियाको डार्बिनमा बुचर्स शप संचालन गरिरहेका काठमाडौं कपनका राजन बस्नेतले गत मार्चको अन्तिमबाट पर्थमा मुस्ताङ ग्रोसरी एण्ड बुचर्स शप संचालनमा ल्याएका हुन् । बस्नेतलाई उक्त कार्यमा श्रीमति ज्योति श्रेष्ठले साथ दिइरहेकी छिन ।

बस्नेतले नजिकिदै गएको दशैलाई लक्षित गरेर दशैं धमाका होलबडी खसी अफर ल्याएका छन् । नेपालीहरुको दशैंमा खसी काट्ने र मासु खाने परम्परालाई सहज बनाउनका लागि मुस्ताङ बुचर्समा होलबडी खसी उपलब्ध गराइने जनाइएको छ । बस्नेत भन्छन्–‘दशैंका लागि हामीले ४ सय वटा खसी ल्याउँदैछौ, नेपालमा नै दशैं मनाएजस्तो हामी बनाउँछौं, हामीलाई सम्पर्क राख्नुहोला ।’

पर्थमा नेपालीले संचालन गरेको पहिलो फ्रेस मासु बेच्ने पसल नै मुस्ताङ ग्रोसरी एण्ड बुचर्स हो । संचालक बस्नेत दावीका साथ भन्छन्– ‘पर्थमा नेपालीले संचालन गरेको फ्रेस मासु काटेर बेच्ने पसल भनेको मेरो मात्रै हो ।’
मुस्ताङ ग्रोसरी एण्ड बुचर्समा टिपिकल नेपाली खसीको मासु, छालासहितको मासु, खसीको खुट्टा, भुटन, लोकल भाले, राँगाको मासुलगायतका मासुजन्य सामाग्रीहरु उपलब्ध रहेका छन् ।

बस्नेतले नजिकिदै गएको दशैलाई लक्षित गरेर दशैं धमाका होलबडी खसी अफर ल्याएका छन् । नेपालीहरुको दशैंमा खसी काट्ने र मासु खाने परम्परालाई सहज बनाउनका लागि मुस्ताङ बुचर्समा होलबडी खसी उपलब्ध गराइने जनाइएको छ । बस्नेत भन्छन्–‘दशैंका लागि हामीले ४ सय वटा खसी ल्याउँदैछौ, नेपालमा नै दशैं मनाएजस्तो हामी बनाउँछौं, हामीलाई सम्पर्क राख्नुहोला ।’

दशैं धमाका खसी प्याकेजमा १० केजी मासु, २ देखि ३ केजी भुटन र ४ वटा खुट्टाको २ सय ३० डलर पर्ने बस्नेतको भनाई छ । उनी भन्छन्–‘यसरी प्याकेजमा किन्दा ५० देखि ७० डलर कम मुल्यमा पाउन सकिन्छ, तर यो अफर छोटो समयका लागि मात्र छ ।’

मुस्ताङ ग्रोसरी एण्ड बुचर्स पर्थमा खुलेको छोटो समयमा नै नेपालीहरुको मन जित्न सफल भएको छ । ‘छालासहितको खसीको मासु किनेर नेपाली स्वादमा पाउँदा हामी मख्ख छौं’ एनआरएनए वेष्र्टन अष्ट्रेलियाका युवा संयोजक मनिष सिग्देल भन्छन्–‘पहिला हामी छालासहितको मासु किन्न टाढा–टाढा फार्ममा पुग्नु पथ्र्यो, अहिले यही पाउँदा पर्थमा रहेका नेपाली खुशी छौं ।’

पर्थमा नै रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेका एनआरएनएका सल्लाहकार भैरव ढकाल भुटन किन्नका लागि मुस्ताङ बुचर्समा नै पुग्ने गर्दछन् । ‘हामी फ्रेस मासु र भुटनका लागि मुस्ताङमा नै पुग्ने गर्दछौं, पर्थमा युवाहरु उद्यमशिल बन्दा हामीलाई खुशी लाग्छ’ ढकाल भन्छन् ।

सन् २०१२ को अन्त्यतिर अष्ट्रेलिया पुगेका बस्नेतले आफ्नो ग्रोसरीमा मासुजन्य सामाग्री बाहेक अन्य नेपाली प्रोडक्टहरु पनि विक्रि वितरण गर्दै आएका छन् ।

करिव ५ महिना अगाडि खुलेको मुस्ताङ ग्रोसरी एण्ड बुचर्स पर्थको बेलमन्ट, एभिन्युमा रहेको छ । एकपटक विदेशी भूमीमा बसेर नेपाली सामान पाउने ठाउँको भ्रमण गर्न संचालक बस्नेत पर्थबासी नेपालीहरुलाई निमन्त्रणा गर्दछन् ।

बस्नेत भन्छन् –‘हाम्रो पसलमा हरेक दिन प्रयोग हुने नेपालबाट नै ल्याइएको दाल, गेडागुडी, पीठो, अचार, चाउचाउ अनि पुजाको लागि चाहिने हरेक सामानहरु उपलब्ध छ । पसलमा ८० देखि ९० प्रतिशतसम्म नेपाली सामान छ । त्यसले नेपाललाई पनि फाईदा पुग्ने हुँदा खुशी लाग्छ ।’

करिव ५ महिना अगाडि खुलेको मुस्ताङ ग्रोसरी एण्ड बुचर्स पर्थको बेलमन्ट, एभिन्युमा रहेको छ । एकपटक विदेशी भूमीमा बसेर नेपाली सामान पाउने ठाउँको भ्रमण गर्न संचालक बस्नेत पर्थबासी नेपालीहरुलाई निमन्त्रणा गर्दछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *