अमेरिकामा रहेका प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री देउवालाई अवैतानिक महावाणिज्यदूतहरुको स्वागत

news-details

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु देउवालाई त्यहाँ रहेका विभिन्न राज्यका अवैतानिक महाबाणिज्यदूतहरुले स्वागत गरेका छन् ।

गत शुक्रवार न्यूयोर्क पुगेका प्रधानमन्त्री लगयात नेपाली प्रतिनिधि मण्डललाई बाल्टिमोरका अवैतनिक महावाणिज्यदूतहरु प्रेमराजा महत, सान डिएगोका ऋषि ढकाल र सियाटलका एसी शेर्पाले स्वागत गरेका थिए । अमेरिकामा नेपालको अर्थतन्त्र, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने काम महाबाणिज्यदूतले काम गर्दै आएका छन् ।

सो अवसरका बाल्टिमोरका महतले साहसिक र सांस्कृतिक पर्यटनमा विशेष ध्यान दिएर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम र ट्रेड एक्सपो आयोजना गर्ने काममा जोड दिएका थिए । उनले नेपालका विविध क्षेत्रका पर्यटनमा विदेशी पर्यटकलाई आकर्षित गर्ने महत्वपुर्ण कार्यक्रम ल्याउनु पर्ने औल्याएका थिए ।

त्यसैगरी सान डिएगोका ढकालले सांस्कृतिक कूटनीतिको भूमिकामा प्रकाश पार्दै नेपालमा अमेरिकी व्यापार लगानी बढाउनु पर्नेमा जोड दिएका थिए ।

एनआरएनए अभियानका साथै पर्वतारोहणका क्षेत्रमा चिनिएका सियाटलका शेर्पाले नेपालमा सामाजिक कल्याणका परियोजनाहरू, विशेषगरी शिक्षा र स्वास्थ्य सेवाका लागि रकम जुटाउनका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् । उनले सगरमाथालगायत नेपालको पदयात्रा गन्तव्यको प्रवद्र्धनमा आफ्नो कामको बारेमा पनि प्रधानमन्त्री समक्ष छलफल गरेका थिए ।

कन्सुलरहरूले सामूहिक रूपमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापार, लगानी र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता दोहो¥याए ।

प्रधानमन्त्री ओलीले उनीहरूको पहलको प्रशंसा गर्दै विदेशीलाई आकर्षित गर्न नेपालले ध्यान केन्द्रित गरेको दोहो¥याए । भेटमा नेपालको विश्वव्यापी उपस्थिति अभिवृद्धि गर्ने र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने पारस्परिक लक्ष्यहरू प्रकाश पारिएको थियो।

भेटका क्रममा महावाणिज्यदूतहरूले नेपालको अर्थतन्त्र, पर्यटन र अमेरिकामा सांस्कृतिक आदानप्रदानको प्रवद्र्धनका लागि भइरहेको प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *