एनआरएनए उपमहासचिव गुरुङलाई नेपाल सांस्कृतिक कलाकर्मी संघको सम्मान

news-details

गैरआवासिय नेपाली संघ (एनआरएनए)का उपमहासचिव प्रविन गुरुङलाई नेपाल सांस्कृतिक कलाकर्मी संघले सम्मान गरेको छ ।

नेपाल सांस्कृतिक कलाकर्मी संघद्धारा आयोजित ‘सम्मान तथा शुभकामना सांस्कृतिक साँझ २०८१’ को अवसरमा गुरुङले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कलाकर्मी संघले सम्मान गरेको हो ।

गुरुङको समन्वयमा कोभिड महामारीको समयमा कुवेतमा रहेका गर्भवती महिला, सुत्केरी महिला साथै अवैधानिक रुपमा रहेका करिब ३५ सय महिलाहरुलाई कुवेत सरकारसँग समन्वय गरि निःशुल्क स्वदेश फर्काइएको थियो ।

त्यस्तै कोभिडकै समयमा कतारमा कामबाट निकालिएका ५६५ जना र युएईबाट ८५ जना नेपालीहरुलाई पनि नेपाल सरकारसँग समन्वय गरि गुरुङले स्वदेश फर्काउन पहल गरेका थिए । गैरआवासिय नेपाली संघ कतारको अध्यक्ष रहेको समयमा गुरुङको पहलमा खाडि मुलुकबाट करिब ५० हजार नेपालीहरुको उद्धार भएको थियो । सोही कार्यको उच्च मुल्यांकन गर्दै कलाकर्मी संघले उनलाई सम्मान गरेको जनाएको छ ।

गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गर्दै आइरहेका छन् ।

उनले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा अग्रसरता देखाएका थिए । सामाजिक काम गरेर दर्जनौ पुरस्कार तथा सम्मान ग्रहण गरिसकेका गुरुङ स्वदेश तथा विदेशमा सम्मानित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *