पर्थमा ‘लिटल म्याजिक’का नाममा नेपाल चिनाउँदै बस्नेत दम्पति

news-details

छिर्ने वित्तिकै सजाएर राखेको सेल रोटीमा आँखा परिहाल्छ । अनि यताउता आँखा डुलाउन थाल्दा नेपालकै कुनै पसलमा पुगे झै भान हुन्छ । एउटा पसलमा मात्र नपाउने वा नभेटिने सामान यहाँ एकै ठाउँमा उपलब्ध छ । तोरीको गुन्द्रुकदेखि थकाली दाल, कालो भटमासदेखि अचार खाने खैरो तीलसम्म छ । अझ पुजाका सामाग्रीदेखि देउताका मुर्ती सबै पाइन्छ ।

हो, अष्ट्रेलियाको पर्थमा विगत ४ बर्षदेखि नेपालका हरेक सामाग्री उपलब्ध गराएर विक्रि वितरण गरिहेको छ लिटिल म्याजिक ग्रोसरीले । काठमाडौं रातोपुलका दिनेश बस्नेत र बिना खतिवडाले संचालन गरेको लिटल म्याजिक ग्रोसरीले नेपाल बाहिर नेपाल चिनाएको मात्र छैन स्वाद पनि चखाइरहेको छ ।

अष्ट्रेलियाको पर्थमा रहेका नेपालीहरुका लागि मात्र होइन इन्डियन र भुटानीजहरुको रोजाईमा लिटिल म्याजिक परिरहेको छ । विदेशीहरुलाई समेत नेपाली प्रोडक्ट र स्वादका बारेमा लिटिल म्याजिकले चिनाइरहेको छ अनि चखाइरहेको छ ।

देश छोडेर विदेशी भूमीमा बसिरहेका नेपालीलाई नेपालको झल्को विर्साउन मात्र नभएर नेपालकै उत्पादन आफ्नो भान्सामा पु¥याउने काम लिटल म्याजिकले गरिरहेको छ ।

त्यति मात्र होइन बस्नेत दम्पतिले पर्थमा दुई वटा अथेन्टिक नेपाली रेष्टुरेन्ट लिटल म्याजिक मःम संचालन गरिरहेका छन् । उनीहरुले आफ्नो रेष्टुरेन्टमा मःमका विभिन्न प्रकार र नेपाली खानाका परिकार पस्किरहेका छन् । दिनेशले पहिलो पटक पर्थमा होलसेल स्टोर पनि संचालन गरिरहेका छन् ।

सिड्नीमा मुख्य अफिस रहेको भुसन कक्षपतिले नेतृत्व गरेको सगुन ग्रुपको पर्थको जिम्मेवारी लिएका दिनेशले लिटल म्याजिकमा सगुनका आफ्नै सामाग्रीहरु भित्र्याएका छन् । सगुनले नेपाली प्रोडक्ट अष्ट्रेलियाभरी भित्र्याइरहेको छ ।

 

वेष्टर्न अष्ट्रेलियाको पर्थमा पछिल्लो समय नेपालीहरुको संख्या बढिरहेको छ । अष्ट्रेलियाका अरु शहरमा नेपाली ग्लोसरी संचालन भइरहेका भएता पनि पर्थमा यस्ता ग्रोसरीहरु भर्खर भर्खरै संचालनमा आउन थालेका हुन् । दिनेश चै पर्थमा पहिलो नेपाली होलसेलर पनि हुन् ।

सिड्नीमा मुख्य अफिस रहेको भुसन कक्षपतिले नेतृत्व गरेको सगुन ग्रुपको पर्थको जिम्मेवारी लिएका दिनेशले लिटल म्याजिकमा सगुनका आफ्नै सामाग्रीहरु भित्र्याएका छन् । सगुनले नेपाली प्रोडक्ट अष्ट्रेलियाभरी भित्र्याइरहेको छ ।

दिनेशको संघर्षमा श्रीमति बिनाको साथ

एउटा रेष्टुरेन्टबाट शुरु भएको व्यवसायिक यात्रा ग्रोसरी, होलसेल हुँदै आसवोर्न पार्कमा अथेन्टिक नेपाली रेष्टुरेन्ट खोल्न सफल लिटल म्याजिकले अव चाँडै उत्पादन तथा प्याकेजिङको क्षेत्रका फड्को मार्ने संचालक दिनेश बताउँछन् ।

सन् २००८ को अन्तिमतिर अष्ट्रेलियाको सिड्नी आएका दिनेशले केही बर्ष काम गरिसकेपछि २०१४ मा पर्थ आए । केही वर्ष इटालियन रेस्टुरेन्ट र अर्को एउटा क्याफेमा लगानी गरेका दिनेश सफल हुन सकेनन् ।

जव उनले आफ्नी मेहनेति श्रीमति विना खतिवडाको साथ पाएर लिटल म्याजिक मःम खोले तवदेखि उनले जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन ।

एउटा रेष्टुरेन्टबाट शुरु भएको व्यवसायिक यात्रा ग्रोसरी, होलसेल हुँदै आसवोर्न पार्कमा अथेन्टिक नेपाली रेष्टुरेन्ट खोल्न सफल लिटल म्याजिकले अव चाँडै उत्पादन तथा प्याकेजिङको क्षेत्रका फड्को मार्ने संचालक दिनेश बताउँछन् । उनी भन्छन्–‘ पहिला पनि मैले ब्यापार गरेको थिएँ तर सफल हुन सकिन जव श्रीमति यहाँ आएर मेरो यात्रामा साथ दिइन, अनि मात्र हामी सफल हुन थाल्यौ, मभन्दा पनि मेरो श्रीमतिका कारण यो अवस्था आएको हो।’ उनीहरुका दुई छोरा इभान र इसान बस्नेत रहेका छन् ।

अव केही महिनादेखि मःम प्याकेजिङका लागि काम गर्न चाइनाबाट मेसिन आउन लागेको दिनेशको भनाई छ । उनी भन्छन्–‘यहाँ लेवरको एकदमै समस्या छ, मःम बनाउनका लागि धेरै समय र श्रम लाग्ने हुँदा अव मेसिनबाट बनाउन लागेका हौं, यसले सबैलाई फाइदा पुग्नेछ ।’

दिनेशले ४ बर्ष अगाडि शुरुको गरेको मःमको बजार अव विस्तार हुन लागेको छ । उनी भन्छन्–‘ हामी मःम हातले बनाउँदै आएका छौ, अव ठूलो भोल्युममा मेसिनबाट मःम को प्रोडक्सन सुरु हुँदैछ, अहिले रेष्टुरेन्टमा मात्र बेचिरहेका छौ, अबको एक महिनामा हरेक स्टोरमा हाम्रो मःम भेट्न सक्नुहुन्छ ।’

के के पाइन्छ लिटल म्याजिक ग्रोसरीमा ?

नेपालमा उत्पादन भएका विभिन्न ब्राण्डका अचारदेखि कोदो, फापर, मकैको पीठो ग्रोसरीमा उपलब्ध छ । मुलाको सिन्की, तोरीको गुन्द्रुक, मार्सी चामलदेखि मस्यौरा नेपाली थुक्पा पाइन्छ ।अझ विशेष त थकाली दाल, कालो भटमास, टिमुरदेखि लिएर अचार खाने सानो केराउ अनि खैरो तील समेत उपलब्ध छ ।नेपाली धर्म र परम्परा अनुसार गरिने पुजाका लागि सम्पुर्ण सामाग्रीहरु पाइनुका साथै पुजाका लागि मन्दिर तथा मुर्तीहरु समेत ग्लोसरीमा रहेका छन् ।

नेपालमा एकै ठाउँमा नपाउने सामान लिटल म्याजिक ग्रोसरीमा  पाउँन सकिन्छ । नेपाल चिनाउने सामाग्रीदेखि भान्साका सामान यहाँ पाइन्छ ।

नेपालमा उत्पादन भएका विभिन्न ब्राण्डका अचारदेखि कोदो, फापर, मकैको पीठो ग्लोसरीमा उपलब्ध छ । मुलाको सिन्की, तोरीको गुन्द्रुक, मार्सी चामलदेखि मस्यौरा नेपाली थुक्पा पाइन्छ ।

अझ विशेष त थकाली दाल, कालो भटमास, टिमुरदेखि लिएर अचार खाने सानो केराउ अनि खैरो तील समेत उपलब्ध छ ।

यस्तै नेपाली धर्म र परम्परा अनुसार गरिने पुजाका लागि सम्पुर्ण सामाग्रीहरु पाइनुका साथै पुजाका लागि मन्दिर तथा मुर्तीहरु समेत ग्लोसरीमा रहेका छन् ।

संचालक दिनेश भन्छन्–‘दशैमा खसी काट्नका लागि आवश्यक खुकुरी अनि तिहारमा सेल रोटी पकाउने ताईसम्म हाम्रोमा पाइन्छ ।’

अर्को विशेषता भनेको उनको पसलमा प्रत्येक दिन ताजा ताजा सेल रोटीदेखि समोसा बन्ने गर्दछ । नेपालदेखि ४ महिना अगाडि छोराको घरमा आएका विराटनगरका गोपाल शर्मा हप्तामा एक पटक सेल खानका लागि नै लिटल म्याजिक ग्रोसरीमा पुग्ने गर्दछन् । उनी खुशी हुँदै भन्छन् –‘नेपालको जस्तै तातो तातो सेल रोटी पाइन्छ अनि नेपालमा पाउनेभन्दा धेरै प्रकारको सामान पाइने हुँदा म यहाँ आइरहन्छु ।’

नेपाली उत्पादन गुणस्तर सहज बनाउन आग्रह

अहिले बिदेशमा नेपाली सामाग्रीहरु आइरहेका छन्, यो एउटा ठूलो उपलब्धि हो । नेपालमा भन्दा विदेशमा मुल्य पनि राम्रो पाइरहेको हुन्छ । अझ धेरै प्रोडक्टहरु बनाउने हो भने विदेशमा राम्रो खपत हुने दिनेशको तर्कछ ।

अहिले बिदेशमा नेपाली सामाग्रीहरु आइरहेका छन्, यो एउटा ठूलो उपलब्धि हो । यी सामाग्रीहरुले नेपालमा भन्दा विदेशमा मुल्य पनि राम्रो पाइरहेको हुन्छ । अझ धेरै प्रोडक्टहरु बनाउने हो भने विदेशमा राम्रो खपत हुने दिनेशको तर्क छ ।

नेपाली प्रोडक्ट ल्याउनका लागि धेरै चुनौती खेप्नु परेको अनुभव दिनेशसँग छ । दिनेश भन्छन्–‘नेपाली प्रोडक्ट नेपालमा उत्पादन हुन्छ तर भारतको बाटो हुँदै आउनुपर्छ र भन्सार मुल्य महँगो तिर्नुपर्छ, त्यो हिसाबले नेपाली प्रडक्ट अलि महँगो नै हुन्छ ।’ उनी सरकारले अलि व्यवस्थित गर्न सक्यो र दुई देशबीच सहकार्य भएमा इन्डियन प्रोडक्टसँग प्रतिष्पर्धा गर्न सकिने धारणा राख्दछन् । अहिले अष्ट्रेलियामा नेपालको प्रोडक्ट ल्याउने धेरै इम्पोटर भइसकेका छन् तर अझै इन्डियन प्रोडक्टसँग प्रतिष्पर्धा गर्न सके उचाई अझै माथि पुग्ने दिनेश बताउँछन् ।

विदेशमा बस्ने नेपालीहरुले पनि सकेसम्म आफ्नो देशको उत्पादनको प्रयोग गर्ने र दिनेशजस्ता व्यवसायीलाई प्रोत्साहन दिने हो भने नेपाललाई नै प्रत्यक्षरअप्रत्यक्ष टेवा पुग्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *