पर्थमा १४ तारिखमा हुने नेपाल फेस्टिवलको तयारी पुरा, १२ हजार दर्शक ल्याउने आयोजकको दावी

news-details

गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलिया (पर्थ)ले नेपाली कला संस्कृति झल्काउनका लागि आगामी सेप्टेम्बर १४ तारिख शनिवार आयोजना हुने नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।

हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई सफल बनाउनका लागि सम्पुर्ण तयारीहरु पुरा भइसकेको र पाहुनालाई स्वागतका लागि आतुर रहेको आयोजकको भनाई छ ।

नेपाल फेस्टिवलको उद्देश्य दोश्रो पुस्ताका नेपाली र विदेशी नागरिकहरुलाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउने जनाइएको छ । नेपाल फेस्टिवलले कला संस्कृति झल्काउनुका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टन अष्ट्रेलियाका संयोजक शेखर घिमिरे बताउँछन् ।

एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिबृद्धि गर्न पनि नेपाल फेष्टिभलले महत्वपूर्ण योगदान दिने घिमिरेको भनाई छ । नेपाल फेष्टिभल पर्थ २०२४ लाई सफल बनाउन यसका घिमिरे सहितको एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ ।

नेपाल बाहिर बसेर नेपाल चिनाउने यो अभियानमा सबैले साथ दिनका लागि पर्थमा रहेका नेपालीका अगुवा भैरव ढकाल आह्वान गर्दछन् । उनी भन्छन्–‘हाम्रो देश नेपाल चिनाउने र बुझाउने यो सुनौलो मौका हो, सबै कार्यक्रममा सहभागी भएर सफल बनाउनु पर्छ ।’

नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु समेत फेस्टिवलको सफलताको लागि क्रियाशिल रहेका छन् ।

फेष्टिवलाई वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ भने अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ ।

एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलिया संयोजक  घिमिरेका अनुसार यस पटकको नेपाल फेष्टिवलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने भएका छन् । नेपाल फेष्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट मात्र नभएर विभिन्न देशमा रहेका एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ ।

संयोजक घिमिरे भन्छन्–‘यस पटकको नेपाल फेष्टिवलमा नेपाल झल्काउने नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरा समेत राखिनेछ, त्यसैगरी बालबालिकाहरुलाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं, नेपाली राष्ट्रिय कलाकारसहित नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यस पटक बहुसांस्कृतिक समूदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ ।”

एनआरएन वेष्टर्न अष्ट्रेलियाका कोषाध्यक्ष हरिवंश संजेलका अनुसार नेपाल फेस्टिभलको १० दिनअघि देखि नै विभिन्न स्थानीय लोकप्रिय पत्रिकाहरुमा र दुई सता अगाडि बाट स्थानिय रेडियोहरुबाट प्रचारप्रसार गरिएको छ । यस्तै सार्वजनिक यातायातका साधन, विभिन्न जमघटका ठाउँहरुमा नेपाल फेस्टिभलमा निमन्त्रणा गरिएको प्रचार सामग्री राखिएको छ । कोषाध्यक्ष संजेलले नेपालको बारेमा यहाँको बहुसांस्कृतिक समूदायलाई जानकारी दिने र नेपाल फेस्टिवलको समेत प्रचार गर्ने अपेक्षा गरिएको बताउँछन् ।

नेपाल फेस्टिभलमा निशुल्क प्रवेशको व्यवस्था रहेकाले स्वदेशी तथा विदेशी गरेर १२ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा आयोजकहरुको रहेको छ । नेपाल फेष्टिवल दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुँदै विभिन्न कार्यक्रमका साथमा राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *