नेपालीको सम्मानमा न्युयोर्कको सडकको नाम ‘माउन्ट एभरेस्ट वे’
- फाल्गुन २६, २०७५
- 0
न्युयोर्क / अमेरिकाको न्युयोर्कको एउटा बाटोको नाम माउन्ट एभरेस्ट वे राखिएको छ । स्थानीय समयअनुसार शनिबार राति न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटो माउन्ट एभरेस्ट वे भएको औपचारिक घोषणा गरिएको हो ।
नेपाली समुदायको सम्मानमा बाटोको नामकरण गरिएको न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बताए ।
घोषणा कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटकी महाबाणिज्यदुत पुष्पा भट्टराईलगायले सम्बोधन गरेका थिए भने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
0 प्रतिक्रिया
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले लिए पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग सिंहदरबारमा छलफल गरेर सुझाव लिएका हुन् […]
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयको सम्मान
सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा […]
एनपीएलको ट्रफी धरहरा परिसरबाट अनावरण
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण भएको छ । धरहरामा एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको […]
चीन भ्रमणको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए परामर्श बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री तथा […]
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले […]