ओमानमा कार्यरत घरेलु महिला कामदारले राजदूतावासमा पोखे आफ्ना पीडा
- पुस २९, २०७५
- 0

ओमानस्थित नेपाली दूतावासले यहाँस्थित महिला कामदारको समस्याबारे जानकारी लिएको छ ।
लामो समयदेखि ओमानमा रहेर घरेलु कामदारको रूपमा कार्यरत महिला र विभिन्न संघसंस्थाका प्रतिनिधिले नेपाल सरकारले श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएपछिको समस्याबारे राजदूत शर्मिला पराजुलीलाई अवगत गराएका हुन् ।
सुरक्षित रुपमा बिदामा नेपाल फर्किए पनि ओमान आउन नपाउँदा उनीहरुको आयआर्जनमा समस्या भएको उनीहरुले जानकारी गराएका थिए ।
फेरि ओमान फर्किएर आउन नपाउने भएपछि बिदा सकिए पनि आफूहरु घर जान डराइरहेको उनीहरुको भनाइ थियो ।
‘समानताको ठूला कुरा गर्ने सरकारले हामी मेहनती इमानदार महिलालाई काम गरेर खान पनि प्रतिबन्ध लगाउनु निन्दनीय छ,’ एक महिलाले भनिन् । विदेशमा नोकरी गर्ने चाहना हुँदाहुँदै सरकारले श्रम स्वीकृति रोकेर बसेको उनले बताइन् ।
छोराछोरीको भविष्य सम्झेर आँसु झार्दै उनीहरुले आफ्ना पीडा, कम्पनीको कामको स्थितिबारे राजदूतलाई सुनाए ।
श्रम स्विकृति रोक्दा लाखौं घुस लिएर भारत वा अन्य बाटो गरेर विदेश पठाउने दलाल मौलाउँदै गएको अर्की महिलाले बताइन् ।
जवाफमा राजदूत पराजुलीले नेपाल सरकारसँग कुरा राखेर छिट्टै समस्याको निकास निकाल्ने आश्वासन दिइन् ।
0 प्रतिक्रिया
तस्वीरमा हेर्नुहोस् बालाजु २२ धारा मेला

काठमाडौंको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ वर्षेनी मेला लाग्ने गर्छ । बाइसधारामा स्थान […]
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई […]
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड

नेपाली तथा चिनियाँ अधिकारी एवम् उद्यमीहरूले दुई मुलुकहरूबीच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य अरू बढाउन आह्वान गरेका छन्। चीनको ग्वाङ्ग्जाओस्थित […]
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ, प्रथम उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा बस्नेत विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका भुवनसिंह गुरुङ विजयी भएका […]
यस्तो छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावको साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत […]