क्यान्सर भएर मृत्यु भएका धनमानको परिवारलाई बेलायतबाट ३ लाख सहयोग
- पुस ८, २०७५
- 0

घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका-६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट तीन लाख ४१ हजार सहयोग प्राप्त भएको छ ।
घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके-पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो ।
सो रकम युके-पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र रघुगङ्गा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले स्व पुर्जाकी श्रीमती दालशुभा पुर्जालाई हस्तान्तरण गरेका हुन् ।
स्व पुर्जाका श्रीमती, तीन छोरा र एक छोरी छन् । बाह्र वर्षका जेठा छोरा अपाङ्ग छन् भने अरु सानै छन् । उनीहरुको शिक्षाका लागि आर्थिक अभाव नहोस् भनेर सहयोग गरिएको उनले बताए ।
0 प्रतिक्रिया
सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एक जनाको हत्या

डाकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ । बिहीबार राति […]
आज मधेश सरकारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

शुक्रबार मधेश प्रदेश सरकारको प्रदेशसभा बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आजको बैठकमा […]
आज चार संसदीय समितिका बैठक बस्दै

शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन […]
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी

सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा […]
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको […]