क्यान्सर भएर मृत्यु भएका धनमानको परिवारलाई बेलायतबाट ३ लाख सहयोग
- पुस ८, २०७५
- 0
घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका-६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट तीन लाख ४१ हजार सहयोग प्राप्त भएको छ ।
घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके-पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो ।
सो रकम युके-पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र रघुगङ्गा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले स्व पुर्जाकी श्रीमती दालशुभा पुर्जालाई हस्तान्तरण गरेका हुन् ।
स्व पुर्जाका श्रीमती, तीन छोरा र एक छोरी छन् । बाह्र वर्षका जेठा छोरा अपाङ्ग छन् भने अरु सानै छन् । उनीहरुको शिक्षाका लागि आर्थिक अभाव नहोस् भनेर सहयोग गरिएको उनले बताए ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










