सडक दुर्घटनामा परी यूएईमा नेपाली चेली मेघमायाँको निधन
- कार्तिक ५, २०७५
- 0

सडक दुर्घटनामा परी यूएईमा नेपाली चेली मेघमायाँ तामाङको मृत्यु भएको छ । काभ्रे रोशी गाउपालीका–४ की तामाङको गत अक्टोबर १४ का दिन कारको ठक्करबाट मृत्यु भएको हो ।
तामाङ ६ महिना अघि मात्र यूएईको क्लिन्को क्लिनिङ कम्पनीमा रोजगारीको सिलसिलामा पुगेकी थिइन । यूएईको सारजास्थित नेशनल पेन्टको हाइवे रोडमा सडक पार गर्ने क्रममा कारले ठक्कर दिदा तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।
तामाङको शवलाई अहिले दुवईको रसादिया अस्पतालमा राखिएको र सम्पूर्ण प्रक्रिया पुरा गरी यही अक्टोबर २४ तारिखमा नेपाल एयरलाइन्सबाट नेपाल पठाउने तयारी गरिएको काभ्रे सेवा समाज यूएईका प्रचारप्रसार विभाग प्रमुख तथा तामाङ समाज यूएईका प्रवक्ता सुनिल लामाले जानकारी दिएका छन् ।
0 प्रतिक्रिया
रक्तदाता समूहद्धारा क्यान्सर पिडित वृद्धालाई आर्थिक सहयोग

लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहले क्यान्सरपिडित ७२ वर्षिय उत्तरमाया राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । विगत लामो समयदेखी […]
देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति […]
मुक्तिनाथ केवलकार परियोजनाको ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री […]
आफूले अनुचित काम नगरेको माधव नेपालको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन । अख्तियार […]
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद स्वतः निलम्बन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा […]