नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना, बाह्य सम्बन्ध विस्तार भएका देश १६३ पुग्यो
- अशोज २६, २०७५
- 0
नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । दुई पक्षीय सम्बन्ध स्थापना सम्बन्धी संयुक्त दस्तावेजमा शुक्रबार न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका उपप्रमुख निर्मलराज काफ्ले र सुरीनामको स्थायी नियोगका उपप्रमुख किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र सुरीनामबीच दुईपक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
सुरीनामसँगै कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ ।