नेपाल–भारत सीमानाका आठ दिन बन्द

news-details

लोकसभा निर्वाचन हुनगैरहेकाले नेपाल र भारतको सीमानाका अठ दिन बन्द रहने भएको छ ।

भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनको मतदान अवधिमा नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने स्थानीय प्रशासने जनाएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने छ । दोस्रो चरणको निर्वाचनमा ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म सीमानाका बन्द हुने छ ।

करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *