कञ्चनपुरमा नदीमा डुबेर दुई जनाको मृत्यु

news-details

कञ्चनपुर । कञ्चनपुरमा नदीमा नुहाउन गएका दुई जनाको डुबेर मृत्यु भएको छ । उनीहरुसँग नुहाउन गएका अन्य दुई जना घाइते छन् ।

दोदा नदीमा नुहाउन गएका बेलौरी नगरपालिका–७, शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिवार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । उनका अनुसार शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट भने घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *