हवाई भाडा बढ्दा वैदेशिक रोजगारीमा जाने मर्कामा
- मंसिर २४, २०७८
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनुपर्ने माग गरेकोे छ ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी सङ्घको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।
सङ्घका महासचिव सुजित श्रेष्ठले कोरोना महामारीपश्चात् वैदेशिक रोजगारीमा जाने नेपालीको सख्यामा वृद्धि भए पनि चर्को हवाई भाडाका कारण श्रमिकलाई मर्का परेको जानकारी दिए ।
सङ्घले विज्ञप्ति जारी गर्दै मन्त्री आलेले हवाई भाडाको समस्या समाधान गर्न प्रयास गर्ने आश्वासन दिएको जनाएको छ ।
0 प्रतिक्रिया
धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान

धर्मश्री विजेता/वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् । लण्डनमा हुन लागेको युके नेपाल वडी […]
त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु […]
‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’

खानेपानीमन्त्री प्रदीप यादवले बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्ची […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक आज दिनको १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । […]