हवाई भाडा बढ्दा वैदेशिक रोजगारीमा जाने मर्कामा

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनुपर्ने माग गरेकोे छ ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी सङ्घको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।

सङ्घका महासचिव सुजित श्रेष्ठले कोरोना महामारीपश्चात् वैदेशिक रोजगारीमा जाने नेपालीको सख्यामा वृद्धि भए पनि चर्को हवाई भाडाका कारण श्रमिकलाई मर्का परेको जानकारी दिए ।

सङ्घले विज्ञप्ति जारी गर्दै मन्त्री आलेले हवाई भाडाको समस्या समाधान गर्न प्रयास गर्ने आश्वासन दिएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *