अन्तराष्ट्रिय झापाली समाजको दोश्रो क्षेत्रीय भेला कोरियामा हुँदै
- भदौ ३१, २०७५
- 0
विश्वभर छरिएर रहेका झापा जिल्लावासीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको दोश्रो क्षेत्रीय भेला दक्षिण कोरियाको राजधानी सिओलको नोबोटेल होटलमा यही सेप्टेम्बर २४ देखि २६ सम्म हुने भएको छ ।
‘समृद्ध झापाको लागि अन्र्तराष्ट्रिय झापाली समाज’ भन्ने नाराको साथमा हुन गैरहेको भेला ३ दिनसम्म चल्ने छ । समाजले विश्वका विभिन्न मुलुकमा रहेका आफ्नो संजाललाई समेटने गरी ५ वटा क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेकोमा दोश्रो भेला दक्षिण कोरियामा गर्न लागेको हो र । यसअघि पहिलो क्षेत्रीय भेला कतारको राजधानी दोहामा भएको थियो ।
स्थापनाको छोटो समयमा नै २ दर्जनभन्दा बढी मुलुकमा शाखा संजाल गठन गरिसकेको समाजको दोश्रो भेलामा विश्वभरबाट सयौ प्रतिनिधीहरु सहभागी हुने अन्र्तराष्ट्रिय झापाली समाजका प्रवक्ता महेन्द्र चौलागाईले जानकारी दिए ।
समाजले आगामी २ वर्षभित्र ४० भन्दा बढी देशमा आफ्नो संजाल पु¥याउने जानकारी दिएको छ ।
0 प्रतिक्रिया
आँखा दान पुण्य काम भएको भन्दै डा. सन्दुक रुइतले गरे संखुवासभाका भिमबहादुर न्यौपानेको प्रशंसा

संखुवासभा खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको आँखाको नानी दान गरीएको छ । उनले मरणोपरान्त दुईवर्टै आँखाको नानीदान गर्ने […]
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली […]
मध्यराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीस राणा ११ घन्टापछि रिहा

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले […]
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण ७ दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण अभिभावकविहीन भएका तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन […]
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र […]










