यसवर्षको मदन पुरस्कार नीलम कार्कीको ‘योगमाया’ले पायो, जगदम्बाश्री मानन्धरलाई
- भदौ ११, २०७५
- 0

काठमाडौं । यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’लाई प्रदान गरिएको छ ।
आज सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई २०७४ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै यो वर्षको जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । उनी नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय थिए ।
मदन पुरस्कारका लागि गुठीले ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा योगमायासहित नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, ध्रुवसत्य परियारको ‘कैरन’, मोहन वैद्यको ‘हिमाली दर्शन’, यज्ञशको ‘भुइयाँ’, तीर्थ गुरुङको ‘पाठशाला’, राज माङ्लाकको ‘लिम्बुनी गाउँ’ सूचीमा परेका थिए ।
0 प्रतिक्रिया
एनआरएनए डब्लुएको कोषाध्यक्षमा पुष्प तामाङले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलिया (डब्लुए)को आगामी २०२५–२७ कार्यकालका लागि पुष्प तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् । बुधबार […]
राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला, आन्दोलनका कार्यक्रम घोषणा नगरी भेला स्थगित

आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको […]
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]