यसवर्षको मदन पुरस्कार नीलम कार्कीको ‘योगमाया’ले पायो, जगदम्बाश्री मानन्धरलाई

news-details

काठमाडौं । यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’लाई प्रदान गरिएको छ ।

आज सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई २०७४ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै यो वर्षको जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । उनी नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय थिए ।

मदन पुरस्कारका लागि गुठीले ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा योगमायासहित नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, ध्रुवसत्य परियारको ‘कैरन’, मोहन वैद्यको ‘हिमाली दर्शन’, यज्ञशको ‘भुइयाँ’, तीर्थ गुरुङको ‘पाठशाला’, राज माङ्लाकको ‘लिम्बुनी गाउँ’ सूचीमा परेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *