यसवर्षको मदन पुरस्कार नीलम कार्कीको ‘योगमाया’ले पायो, जगदम्बाश्री मानन्धरलाई
- भदौ ११, २०७५
- 0
काठमाडौं । यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’लाई प्रदान गरिएको छ ।
आज सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई २०७४ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै यो वर्षको जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । उनी नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय थिए ।
मदन पुरस्कारका लागि गुठीले ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा योगमायासहित नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, ध्रुवसत्य परियारको ‘कैरन’, मोहन वैद्यको ‘हिमाली दर्शन’, यज्ञशको ‘भुइयाँ’, तीर्थ गुरुङको ‘पाठशाला’, राज माङ्लाकको ‘लिम्बुनी गाउँ’ सूचीमा परेका थिए ।

0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










