न्युयोर्कमा प्रथम दक्षिण एसिया सम्मेलन, सम्मेलन क्षेत्रीय समुदायको पहुँच वृद्धिका लागि : सह–संयोजक तामाङ

news-details

न्युयोर्कको क्विन्सस्थित वर्ल्ड फेर मरिनामा आज प्रथम पटक दक्षिण एसियालीमुलको सम्मेलन सुरु हुँदैछ । सम्मेलनको मुख्य उद्देश्य न्युयोर्कस्थित दक्षिण एसियालीमूलका समुदायका नेताहरु र न्युयोर्क शहर तथा राज्यका स्थानीय नेताहरुबीच सामुदायिक अन्तरक्रिया गर्नु रहेको आयोजकले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पको आप्रावासीहरुप्रतिको नीति कठोर बन्दै गइरहेको बेला एउटा आप्रवासी समुदायको सम्मेलन विश्वको राजधानी मानिने शहर न्युयोर्कमा आयोजना हुनु निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

अमेरिकी सिनेट र हाउसको मध्यवाधि निर्बाचन आगामी नोभेम्बर महिनामा सम्पन्न हुन लागेको समय पारेर आयोजना गरिएको दक्षिण एसियाली सम्मेलन निर्बाचनमा प्रतिस्पर्धी गरिरहेका उम्मेदवारलाई मात्र अर्थपूर्ण नभएर राष्ट्रिय राजनीतिमा जोड घटाउ गरिरहेका राजनीतिक विश्लेषकहरुका निम्ति पनि यो ठुलो चासोको विषय बनेको छ ।

एक दशकदेखि न्युयोर्कमा नेपाली समुदायको राजनीतिमा सक्रिय रहेका प्रथम दक्षिण एसियाली सम्मेलन २०१८ का सह–संयोजकसमेत रहनुभएका लुईसाङ वाईवा तामाङ सम्मेलनमा दक्षिण एसियालीमुलका लगभग ५०० भन्दा बढी अगुवाहरुको सहभागिता रहने अनुमान रहेको बताउनुहुन्छ ।

सह–संयोजक तामाङ विशेष गरेर नयाँ आप्रावासी समुदायको रुपमा चिनिने नेपाली, भुटानी, तिब्बेतीलगायतका आप्रवासीहरु आफ्नै समुदाय भन्दा बाहिर निस्किन नसरिहेको अवस्थामा अमेरिकी मुलधारको राजनीतिमा होस् या अन्य क्षेत्रमा एउटा देशको समुदाय भनेर चिनिनु भन्दा एउटा सिंगो क्षेत्रिय समुदायको रुपमा चिनिंदा धेरै अर्थ लाग्ने हुनाले दक्षिण एसियाली सम्मेलन आयोजना गरिएको बताउनुहुन्छ ।

दक्षिण एसियालीहरु सांस्कृतिक रुपमा मिल्दोजुल्दो हुदा तथा आप्रावासी सम्बन्धी समस्या पनि समान किसिमको हुने भएकोले एकजुट हुन आवश्यक रहेकाले तथा स्थानीय र राष्ट्रिय राजनीतिमा दक्षिण एसियाली समुदायको पहुँच वृद्धि एवं शशक्तिकरण गर्नु यो सम्मेलनको मुख्य उद्देश्य रहेको सह–संयोजक तामाङको भनाई छ ।

तामाङले सम्मेलनमा न्युयोर्क शहर र राज्यका विभिन्न प्रमुख नेताहरु, न्युयोर्क स्टेट एसेम्बलीदेखि स्टेट सिनेट, न्युयोर्क शहरका काउन्सिल मेनर वुमेनका साथै वित्तीय प्रमुख र क्विन्स बोरो प्रेसिडेन्ट लगायत अन्य नेताहरुको उपस्थिति रहने बताउनुभयो । साथै न्युयोर्कमा डेमोक्रेटिक पार्टीका हस्ती मानिने जोसेफ क्राउलीलाई प्राइमेरी चुनाबमा पराजित गरेर रातारात राष्ट्रिय राजनीतिमा उदाएकी डेमोक्रेटिक पार्टीका उम्मेदेवर अलेक्क्षेन्ड्रीया ओकाजियो कोर्टेज सम्मेलनको आकर्षण रहने उहाँले बताउनुभयो ।

कुल ४० जना आयोजकहरु मध्ये नेपालीहरु मात्र १८ जना रहेको बताउनुहुदै तामाङले सम्मेलन सफल पार्न नेपाल अमेरिका पत्रकार संघका पूर्ब अध्यक्ष आङ छिरिंङ शेर्पा, तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ र सामाजिक अभियन्ता यादब बास्तोलाको भूमिका उच्च रहेको जनाउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *