उपत्यकाका ६४७ सहित देशभर थप १३५६ मा कोरोना पुष्टि, ८२३ जना डिस्चार्ज (विवरणसहित)
- अशोज ६, २०७७
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ६४७ सहित देशभर थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज ८२३ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ४८ हजार ६१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।