जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा सितल गिरी निर्वाचित
- अशोज ९, २०८३
- 0
काठमाडौं। नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनले सितल गिरीको अध्यक्षतामा नयाँ केन्द्रीय तथा राज्य समितिको नेतृत्व चयन गरेको छ ।
अष्ट्रेलियाको सिड्नीस्थित रकडेलको एभरेष्ट फङ्सन सेन्टरमा १९ सेप्टेम्बर २०२६ मा सम्पन्न अधिवेशनमा जनसम्पर्क समितिका क्रियाशील तथा जनसम्पर्क सदस्यहरूको सहभागिता थियो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य दिनेश कोइरालाले भर्चुअल माध्यमबाट अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
अधिवेशनको उदघाटन समितिका संरक्षक तथा पूर्वअध्यक्ष कृष्ण गिरी, अधिवेशन तयारी समितिका संयोजक अभिमन्यु केसीलगायतले गरेका थिए ।
अधिवेशनबाट अध्यक्षमा निर्वाचित गिरी लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । उनले यसअघि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको एनएसडब्लु राज्य संयोजकका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन । अष्ट्रेलियामा रहेका नेपाली समुदाय र नेपाली कांग्रेसबीचको सम्बन्धलाई थप मजबुत बनाउन सक्रिय गिरी सर्वसम्मत रूपमा नेतृत्वमा चयन भएका हुन ।
उद्घाटन सत्रमा समितिका सल्लाहकार प्रेम सापकोटा, संरक्षक कृष्ण गिरी, अधिवेशन तयारी समितिका संयोजक अभिमन्यु केसी, सदस्यहरू दुर्गा आचार्य र गणेश केसी, संस्थापक दिनेश जोशी, एनआरएनएका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल तथा पत्रकार हेमन्त काफ्लेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनका क्रममा चार दिनसम्म रकडेलमा विभिन्न कार्यक्रम तथा भेटघाटको माहोल बनेको थियो । जनसम्पर्क समितिका पूर्वनिर्वाचन संयोजक राजु अधिकारीले अधिवेशनको वातावरणले नेपालमा हुने नेपाली कांग्रेसका अधिवेशनको झल्को दिएको बताए ।
कार्यक्रम समितिका उपाध्यक्ष राजेश केसीको अध्यक्षतामा भएको थियो भने महामन्त्रीद्वय समित केसी र रोहित खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।
अधिवेशनले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि १४ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा रोहित खडका र समिर खतिवडा, महामन्त्रिमा दिनेश बञ्जारा र सुबिन राज वाग्ले तथा सहमहामन्त्रिमा बिशाल पोखरेल र बिशाल बाबु वाग्ले चयन गरेको छ भने राज्य समिति संयोजकहरुमा एनएसडब्लु संयोजकमा राजु गिरी, क्वीन्सलेण्ड संयोजकमा सुवास प्रसाई, साउथ अष्ट्रेलिया संयोजकमा भिम प्रसाद न्यौपाने, वेष्ट्रन अष्ट्रेलिया संयोजकमा सुशान्त सुवेदी, नर्दन टेरीटोरी संयोजकमा मनिष सिम्खडा, एसीटी संयोजकमा प्रेम बहादुर सायमाझी र तजमानिया संयोजकमा अनिल ढकाल चयन गरेको छ ।
यस्तै केन्द्रिय सदस्यहरुमा समित केसी, दिनेश अधिकारी, दीपक डल्लाकोटी, बामदेव पौडेल, दीपक कँडेल, राजेश टण्डन, प्रेम निरौला (सुभाष), प्रेम प्रकाश धामी, अरुणचन्द्र श्रेष्ठ, बिकाश कुमार झा, नेत्र विक्रम ओली, चन्द्र तिवारी, विनोद उप्रेती, तारा डाँगी, गणेश तिवारी, रोशन घिमिरे, सुरज बस्नेत, रोहित कार्की, भजुमान तामाङ, अनुपम ढुंगाना, सनम गुरुङ, महेश जंग कुँवर, भीम बस्नेत, नवीन ओली, कुबेरजंग शाही, सन्तोष भट्ट, वीर बहादुर जोरा, जोन श्रेष्ठ, संगी शेर्पा, अनिता पौडेल, अनुपचन्द्र सुवेदी, सुरज जंग बस्नेत, सोनु ढकाल, निर्मल अर्याल, सुजन खड्का, सोभित प्रधान, एकराज बस्नेत, नरेश रावल, रमेश खड्का र अशोक लामा चयन भएका छन ।
यस्तै एनएसडब्लु सचिबमा सुदिप काजी बिष्ट, कोषाध्यक्षमा प्रज्यल राज चापागाई र सदस्यमा सम्राट कंडेल (एनएसडब्लु सेन्ट्रल कोष्ट क्षेत्र संयोजक) चयन भएका छन भने क्वीन्सलेण्ड उपसंयोजकमा सञ्जिब साह, सचिबमा रमेश खत्री, यस्तै वेष्ट्रन अष्ट्रेलिया उपसंयोजकमा सन्तोश थापा तथा नर्दन टेरीटोरी उपसंयोजकमा दिवाकर दवाडी, सचिवमा गोबिन्द अर्याल, कोषाध्यक्षमा कृषर पाठक, सदस्यहरुमा गिता मैनाली, किरण राउत, जोन सिलवाल, सुदिप उप्रेति, किरण भुसाल र शिव पौडेल चयन भएका छन । यस्तै एसीटी उपसंयोजकमा सुभाष अधिकारी चयन भएका छन ।














