करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार
राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले १ लाख रुपैयाँ प्राप्त गरे
- अशोज १, २०८३
- 0
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा गरिएको छ ।
बिहीबार अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो ।
विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको छ ।
साथै १५ भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट सात हजार रुपैयाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ ।
यस्तै ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।
त्यस्तै प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ ।
रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले आज विजेताहरू घोषणा गरेको हो ।
0 प्रतिक्रिया
गगनलाई खड्काको आग्रह– ‘महाधिवेशन सारेर देउवासहितका नेतासँग संवाद थाल्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय सारेर पार्टीभित्र […]
माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गरिने, ३० हजार अवलोकनकर्ता ल्याउने लक्ष्य

काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र […]
पार्टीको आसन्न महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्न सबै पक्षसँग गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आसन्न महाधिवेशनलाई विभाजित नभई एकताबद्ध रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्यको आग्रह […]
अब तोकिएको समयभित्र कारबाही नभएमा फाइल चौबीस घण्टाभित्र स्वतः माथिल्लो निर्णय तहमा पुग्ने

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) […]
विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

विकास हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता […]








