साउन १ बाट श्रमिकहरुको तलब बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था मन्त्रिपरिषद्बाट पारित

news-details

सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले देशभरिका श्रमिकको तलब बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय पारित गरेको हो । सरकारी कार्यालय, निजी प्रतिष्ठान, संघसंस्था लगायतका हकमा फरक–फरक समयसीमा राखेर यो नियम लागू गर्ने निर्णय गरिएको छ । सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको तलब बैंकमार्फत भुक्तानी गराउने व्यवस्था मिलाउन रोजगारदाता कम्पनीलाई केही दिनको समय दिने भएको छ ।

यसका लागि कतिपय स्थानीय तहमा अझै बैंक नपुगेकाले सरकारले तत्कालै सबै ठाउँमा बैंकका शाखा कार्यालय पुर्‍याउने निर्णय पनि गरेको छ ।

गत जेठमा ल्याइएको श्रम नियमावलीमा श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारले तोकेको न्यूनतम पारिश्रमिक बैंकमार्फत भुक्तानी नगर्ने रोजगारदाताहरुलाई कारबाही गर्ने बताउँदै आएको छ ।

सरकारले असार २५ गते श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *