नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा
- भदौ ८, २०८२
- 0
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् ।
यसैगरी, सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।
त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]









