टी–२० विश्वकप : समूह ‘सी’बाट वेस्टइन्डिज र अफगानिस्तान सुपर एटमा

news-details

आइसीसी टी–२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ । वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर एटमा पुगि सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर एटमा स्थान पक्का गर्न सफल भयो । योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी प्रतियोगिताबाट बाहिर भएका छन् ।

अफगानिस्तान र वेस्टइन्डिज दुवै टिमले समान तीन–तीन जित निकाल्दा रनरेटका आधामा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ । अब यी दुईको समूह चरणको अन्तिम खेलबाट पहिलो र दोस्रो टिमको टुंगो लाग्ने छ ।

अफगानिस्तानले शुक्रबार पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पीएनजीले १९.५ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो । किप्लिन डोरिगाले सर्वाीधक २७ रन बनाउँदा एले नओले १३ रन जोडे । यस्तै ओपनर टोनी उराले ११ रन बनाउँदा अरुले दोहोरो अंकमा स्कोर गरेनन् । तीन खेलाडीले खाता खोल्न असफल रहे ।

अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिँदा नभिन उल हकले २ विकेट हात पारेका थिए । नुर अहमदले एक विकेट लिँदा पीएनजीका चार खेलाडी रनआउट भए ।

९६ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानको सुरुआत भने खराब रहेको थियो । ८ रन हुँदा इब्राहिम जर्दान खाता नै नखोली आउट भएका थिए । त्यसपछि २२ रन हुँदा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७ बलमा ११ रन बनाएर आउट भए ।

गुलावद्दिन नइब र अज्मतुल्लाह ओमरजाइले पारि सम्हालेका थिए । ८.४ ओरभमा ५५ रन बनेका बेला अज्मतुल्लाह १३ रन बनाएर आउट भए । गुलावदिन र मोहम्मद नावीले अन्त्यमा अफगानिस्तानलाई जिताए । गुलावदिनले ३६ बलमा ४९रनको नटआउट पारि खेल्दा दुई छक्का र चार चौका प्रहार गरे । यसैगरी नावीले २३ बलमा १६ रनको नटआउट पारि खेल्दा एक चौका प्रहार गरेका थिए ।

पीएनजीका एले नाओ, सिमो कामेरा र नोर्मान भानुआले एक एक विकेट लिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *