एसइईको नतिजा भोलि बिहान सार्वजनिक हुने
- असार १२, २०८१
- 0
राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि९बिहिबार० मात्रै सार्वजनिक गर्ने जनाएको छ।
आजै नतिजा प्रकाशित गर्ने भने पनि आन्तरिक तयारी नसकिएकाले भोलि मात्रै सार्वजनिक गर्ने निर्णय भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप९नियन्त्रक भक्त गोदारले जानकारी दिए।
आज बोर्ड बैठक बसेको थियो। ‘आजै नतिजा प्रकाशन गर्ने तयारी भए पनि आन्तरिक तयारी सकिएन,सबै काम सक्दा राति हुने भयो,त्यसैले भोलि मात्रै नतिजा सार्वजनिक हुन्छ,’उनले भने । उनले भोलि बिहान ७ बजे बोर्ड बैठक बोलाएको र करिब ९ बजे नतिजा प्रकाशित हुने जानकारी दिए।
गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






