कांग्रेसले गर्यो लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि सरोकारवालाहरुसँग छलफल
- असार १२, २०८१
- 0
नेपाली कांग्रेसले लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरुसँग छलफल गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले लगानी सहजीकरण विधेयकको कानूनी जटिलता र सहजीकरणका विषयमा सरोकारहरुसँग छलफल गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, ‘लगानी सहजीकरण सम्बन्धी ऐनमा संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ । यसका कानूनी जटिलता के छन्, यो सहजीकरणमा सम्बोधन गर्न सकेको छ कि छैन् । यसको दुरुपयोग हुने सम्भावना छ कि भन्ने विषयमा कानूनी कोणबाट सुझाव लिने काम भयो, नीजि क्षेत्रको पनि सुझाव आयो, अझै यसको क्रम जारी नै छ ।’
उनले लगानीमा अझ धेरै सहजीकरण गर्न, लगानीको वातावरण सुनिश्चित गर्न र यसको दुरुपयोग हुनु हुदैँन् भन्ने कुरामा पार्टी गम्भिर रहेको भन्दै त्यही हिसाबले अगाडि बढ्ने बताए ।
आम उद्योग व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा अझ उदार हुनुपर्छ भन्ने उद्योग व्यवसायीहरुको कुरा रहेको पनि उनको भनाइ छ ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






