मनराम पुस्तकालय १ सय ५३ सहित ७७ जिल्लामै पुग्यो

अमेरिकामा बिक्ने ‘एक प्याकेट छुर्पी एक किताब’ अभियान
news-details

शिक्षाको क्षेत्रमा सामाजिक काम गरिरहेको मनराम फाउण्डेशनले देशभर १ सय ५३ वटा मनराम पुस्तकालय स्थपना गरेको छ । मनराम पुस्तकालय ७७ वटै जिल्लामा स्थापना गरिसकिएको छ ।

मनराम फाउण्डेशनको ९ औं बार्षिक साधारणसभाको अवसरमा थप २१ वटा विद्यालयमा मनराम पुस्तकालय स्थापना भएका छन् । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले मनराम पुस्तकालयको वोर्ड हस्तान्तरण गरेसँगै मनराम पुस्तकालयको संख्या १ सय ५३ पुगेको हो ।

७५ जिल्लामा स्थापना भइसकेको मनराम पुस्तकालय थपिएका २ जिल्ला गरी ७७ मै पुग्न सफल भएको फाउण्डेशनका महासचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
पुस्तक वितरण गर्दा शिक्षा बाँडिएको हुँदा त्यहाँ भावाना पनि जोडिएको भन्दै राजदूत बेरीले मनराम फाउण्डेशनको खुलेर प्रसंसा गरे ।

मनराम फाउण्डेशनले मनराम पुस्तकालयका लागि अमेरिकामा रहेको हिमालय पेट सप्लाई मार्फत एक प्याकेट छुर्पी बिक्रि बराबर एक पुस्तक अभियान चालेको छ । फाउण्डेशनका अध्यक्ष सुजन श्रेष्ठले भने–‘पुस्तकालयका लागि अमेरिकामा बिक्रि भएको एक प्याकेट छुर्पीबाट एक पुस्तक अभियान रहेको छ ।

यस बर्षबाट मनराम पुस्तकालयका लागि लायन्स क्लव डिस्ट्रिक्ट ३२५–बी १ ले सहकार्य गरेर १७ वटा पुस्तकालय स्थापना गरिएको डिष्ट्रिक गर्भनर इन्दु लम्सालले जानकारी दिइन् ।

मनराम फाउण्डेशनमा पुन श्रेष्ठकै नेतृत्व

मनराम फाउण्डेशनको आगामी नेतृत्वका लागि सुजनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मनराम फाउण्डेशनले शिक्षा, स्वास्थ्य तथा जनचेतनाका सामाजिक काम गर्दै आएको र आगामी बर्ष पनि निरन्तरता दिने महासचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

थप २१ वटा मनराम पुस्तकालय रहेका विद्यालय

श्री अकला आधारभूत विद्यालय, लामाचौर, कास्की
श्री विश्वज्योती प्राबिधिक तथा व्यावसायिक विद्यालय, कुश्मा ११, सिल्मा, पर्वत
श्री रजस्थल आधारभूत विद्यालय, पु.ब.न.पा. १४, चण्डीकालिका, स्याङजा
श्री हिमालय माध्यमिक विद्यालय, सहिद लखन गा.पा. ६, धैरुङ, गोरखा
श्री शक्ति माध्यमिक विद्यालय, बेलकोटगढी न.पा. १३, दाङमै, नुवाकोट
श्री धापासी माध्यमिक विद्यालय, बसुन्धरा, काठमाडौं
श्री हेम माध्यमिक विद्यालय, धवलागिरी गा.पा. ७, सिबाङ, म्याग्दी
श्री जनज्ञान निकेतन माध्यमिक विद्यालय, शिबपुरी ८, नुवाकोट
श्री ध्रुब माध्यमिक विद्यालय, मादी गाउँपालिका ४, तारकाङ, कास्की
श्री शान्ति आधारभूत विद्यालय, जलजला गा.पा. ७, सलिगा, पर्वत
श्री थाकनपोखरी आधारभूत विद्यालय, बे.न.पा. ६, थाकनपोखरी, म्याग्दी
श्री भूमेस्थान माध्यमिक विद्यालय, चौंरीदेउराली गा.पा. ८, काभ्रेपलाञ्चोक
श्री मछिन्द्र माध्यमिक विद्यालय, धुनिबेसी, खानीखोला, धादिङ
श्री हिमालय माध्यमिक विद्यालय, भिमाद न.पा. ८, भानुमती, कोखे, तनहुँ
श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय, वालिङ, स्याङजा
श्री निस्कोट माध्यमिक विद्यालय, निस्कोट म्याग्दी
श्री धादिङ आधारभूत विद्यालय, गल्छी गा.पा. ३, धादिङ
श्री राष्ट्रिय माध्यमिक विद्यालय, सिबानी, सुस्ता १, दाउन्ने पश्चिम, नवलपरासी
श्री त्रिभुवन जनता माध्यमिक विद्यालय, रुकुमकोट १२, रुकुम पूर्व
श्री सहिद स्मृति माध्यमिक विद्यालय, धरान ८, सुनसरी
श्री बागमती मा.वि, रामनगर गा.पा.८, सिसौट, सर्लाही

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *